०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

जयनगर–जनकपुर रेल सेवाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आज उद्घाटन गर्दै

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ चैत्र। २०७७ असोजमा खरिद गरिएको दुई वटा रेल नियमित संचालनको लागि आज उद्घाटन गरिँदै छ। १ फागुनदेखि बिना यात्रु (ड्राई रन) हुदै आएको कुर्था– जनकपुर–जयनगर रेल सेवा नियमित रुपमा सञ्चालनका लागि भारतको नयाँ दिल्लीबाट नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा र भारततीय पधानमन्त्री नरेन्द्र मोदीले शनिवार दिउँसो साढे १२ बजे भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

शनिबारर दुई देशका प्रधानमन्त्री उद्घाटन गरेपनि रेल सेवा नियमित रुपमा चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले बताए। महाप्रबन्धक झाका अनुसार नेपाली समय साढे १२ वजे भारतको जयनगरस्थित नेपाली स्टेशनबाट रेलको उद्घाटन भई सञ्चालन हुनेछ।

जयनगरबाट आउने रेलमा भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादव जनकपुरधाम हल्टमा रेलमा चढ्ने छिन्। मन्त्री यादव चढेर कुर्थासम्मको यात्रा गरेपछि पुनः रेल जनकपुर आउने छ। जनकपुरधाम कार्यालय परिसरमा आयोजना हुने कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्ने कार्यक्रम छ।

सर्वसधारणलाई रेलमा चढ्न आईतवारदेखि मात्रै खुल्ला हुने महाप्रबन्धक झाले जानाकारी दिए। उनले अगाडि भने, ‘शनिवार टिकट काटिने छैन, आईतवारदेखि मात्रै टिकट काटने व्यवस्था मिलाएका छौ। ‘टिकट काटने कर्मचारीदेखि लिएर अन्य कर्मचारी शुक्रवार नै जिम्मेवारी तोकिएको स्टेसन तथा हल्टहरुमा खटिसकेका छन्। तर शनिवारदेखि यात्री बोकेर चलाउन प्राविधिक समस्या भएकोले आईतवारदेखि नियमित संचालन गर्ने योजना बनाएका छौ।’

भारत सरकारको ८ अर्व ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयननर– विजलपुर– बर्दिवास सम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर– कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको महाप्रबन्धक झाले बताए।

रेल सञ्चालनका लागि चालकसहितका प्रविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटुजी सम्झौता भएको महाप्रन्धक झाले बताए । विगतमा चोरी भएका रेल्वे ट्रयाकको क्लिपहरु लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भईसकेको उनले बताए ।

विंसं २०७७ साल असोजमा नेपाल सरकारले भारतीय रेल्वे कोकंण कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा बोगिसहितको दुई वटा रेल खरिद गरेको थियो । तर, कानुन, कर्मचारी र वजेटको अभावमा रेल संचालन हुन सकिरहेको थिएन । रेल संचालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन दुई पटक फेल भएपछि केही दिनअघि तेस्रो पटक अध्यादेशबाट ल्याएको कानुन अनुसार रेल सञ्चालन हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]