२२ बैशाख २०८२, मंगलबार
06-05-2025 , Tue
×

धनुषाको कमला नगरपालिकामा जनप्रतिनीधिले नै जनता कुटेपछि गम्भिर घाईते

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ चैत्र । पूर्वी धनुषाको कमला नगरपालिकास्थित जनप्रतिनीधिले नै जनता कुटेपछि गम्भिर घाईते भएका छन् ।

कमला नगरापालिका- २ सराबे टोलस्थित राम शरण मण्डलको छोरा रामनारायण मण्डलले स्थानीय जगत मण्डललाई टाउकोमा प्रहार गर्दा गम्भिर घाईते बनेका छन् ।

गत मँगलबार राती करिब ९ बजेको समयमा आफ्नो पैसा माग्न जाँदा वडासदस्य रामनारायण सहित उनका छोरा नीरज मण्डल र सोही ठाउँ बस्ने राम दयाल मण्डलको छोरा सँजय मण्डल लगायत मिलेर जगतलाई निर्घात कुटपिट गरेको बताइएको छ ।

माटो खसाईदिनको लागि वडासदस्य मण्डलको छोरालाई पैसा दिएकोमा माटो खसाईनदिएपछि जगतले आफ्नो पैसा फिर्ता माग्न जाँदा कुटपिट गरिएको प्रहरी चौकी माचि झिटकैयाले जनाएको छ ।

स्थानीयलाई उदृत गर्दै चौकीले घ ३ जना मिलेर जगतलाई कुटपिट गरी टाउकोमा प्रहार गर्दा गम्भिर घाईते भएको हो । उनको अहिले जनकपुरस्थित गोल्डेन हस्पिटलमा उपचार भईरहेको छ ।

जगत मण्डलको टाउकोमा १० वटा टाँका लगाइएको छ । टाउकोमा फाटाले प्रहार गरी गम्भिर घाईते बनाइएको जनाएको छ । यद्यपी, आरोपितहरु अझै पक्राउ गर्न सकिएको छैनन् । – न्यूज ब्यूरोबाट लिएको समाचार हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]