२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

कुकुरले मृत बच्चालाई मुखले च्यापेर अस्पताल डुलाएपछी सामाजिक सञ्जालमा भाइरल

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१९ चैत्र।वीरेन्द्रनगरका हरि कँडेल आफन्त बिरामी भएर शुक्रबारदेखि अस्पतालमा कुरुवा बसेका थिए। शनिबार विहानै उनी औषधि लिन नजिकैको फार्मेसीमा जाँदै गर्दा कुकुरले भर्खरै जन्मेको जस्तो देखिने बच्चालाई मुखमा च्यापेर अस्पतालको इमरजेन्सी कक्ष बाहिरबाट हिँडिरहेको थियो। उनले फोटो खिचेर तत्कालै सामाजिक सञ्जालमा पोष्ट गरे। अहिले यो दृष्य सामाजिक सञ्जालमा भाइरल छ।

कर्णाली प्रदेशकै ठूलो अस्पतालभित्रको यो दृष्यले धेरैलाई आश्चर्यचकित बनाएको छ। ‘फार्मेसीमा औषधि लिन जाँदा कुकुरले टाउको नभएको बच्चा मुखमा च्यापेर इमरजेन्सी वार्डको वरिपरि हिँडिरहेको थियो,’ फोटो खिचेका कँडेलले भने, ‘कहँबाट कुकुरले बच्चा ल्यायो भन्ने थाहा भएन।’ उनले तत्कालै अस्पताल प्रशासनलाई पनि जानकारी गराए।

अस्पताल प्रशासनले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। ‘छानबिनका लागि प्रहरीलाई खवर गरेका छौं,’ अस्पताल प्रशासन प्रमुख विनोद बस्नेतले भने, ‘छानबिनपछि भएको के हो जानकारीमा आउँला।’

अस्पताल प्रशासनका अनुसार अस्पतालमा सुत्केरी हुँदा कसैको बच्चा मरेमा सम्बन्धित व्यक्तिलाई नै जिम्मा लगाउने गरिन्छ। तर, अस्पतालभित्रै कुकुरले बच्चा मुखमा च्यापेर हिँडेको विषय भने गम्भीर भएको उनले बताए। ‘यदी अस्पताललेनै मरेको बच्चा व्यवस्थापन गर्नुपर्ने अवस्था आएमा हामी सालनाल डिस्पोज गर्ने ठाउँमा प्याकिङ गरेर गाड्ने गरेका हुन्छौं,’ उनले भने, ‘यसरी जथाभावी फाल्ने अस्पतालको तर्फबाट हुँदैन।’

उनका अनुसार अस्पतालको इमरजेन्सी पछाडि जंगल छ। त्यहाँ कसैले बच्चा जन्माएर फालेको पनि हुन सक्ने आशंका उनले गरे। ‘प्रहरीलाई घटना छानबिनका लागि पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘प्रहरीको प्रतिवेदनका आधारमा मात्रै घटनाको सही विवरण आउन सक्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]