२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

जसपाका जिल्ला सदस्यसहित दर्जनौं महिला कार्यकर्ताहरु जनमतमा प्रवेश

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

न्यूजमधेश डेस्क
मिर्चैया ,१७ चैत्र।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न।

महिला जनमत संघ सिरहाको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा जसपा सिरहा जिल्ला सदस्य समेत रहेका अमृती देवि यादवकी नेतृत्वमा दर्जनौं महिला नेत्रीहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको हो।

उनिहरुलाई महिला जनमत संघ सिरहा अध्यक्ष गंगा देवी यादव फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभयो।

सो प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका उपमहासचिव ई. इन्द्रजित यादव,सचिव संजय यादव,केन्द्रिय सदस्य रिना पासवान ,निर्मल मण्डल र पार्टीका जिल्ला अध्यक्ष बिजय साहसहिताका नेताकार्यकर्ताहरुको उपस्थितिमा जसपाका दर्जनौं महिला नेत्रीहरु जनमतमा प्रवेश गरे।

जनमत पार्टीका नेता श्याम यादवको विशेष पहलमा जसपाका महिला नेत्रीहरु पार्टी प्रवेश गर्नुभएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]