१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ नियुक्त

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौँ,२४ चैत्र । निर्वाचन आयोगले ७१ निर्वाचन आयुक्तहरूलाई हटाएर नयाँ नियुक्त गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त ७१ निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको बताए ।

आयोगको बिहीबारको बैठकमा अर्यालले भने, ुनिर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णयबमोजिम यसअघि तोकिएका निर्वाचन अधिकृतहरूमध्ये चैत २३ को निर्णयअनुसार ७१ जना निर्वाचन अधिकृतहरूलाई विभिन्न कारणले जिम्मेवारी बहन गर्न नसक्ने भएको हुनाले हटाएर ७१ जनालाई नयाँ नियुक्त गरिएको छ ।ु

अर्यालले नयाँ ७१ जनालाई यसअघि आएका नामबाट नै छनोट गरिएको जानकारी दिए । उनले अब सबै तहमा निर्वाचन अधिकृत पदपूर्ति भएको जानकारी दिए । उनले निर्वाचन अधिकृतका लागि प्रशिक्षण प्रदान गर्नेहरूलाई प्रशिक्षण दिइएको बताए ।

यसबीचमा राजनीतिक दलहरूले आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको अर्यालले बताए । उनले एमालेले केही विषयमा अस्पष्टता जाहेर गर्दै पत्र बुझाएको पनि जानकारी दिए । ुएमालेले आचारसंहितामा केही स्पष्ट हुने विषय छ भन्ने कुरा लिखित रूपमा आयोगमा पेस गरेको छ । स्पष्ट भइसकेपछि हस्ताक्षर गर्नुहुनेछ,ु उनले भने ।

एमालेका महासचिव शंकर पोखरेललगायतले पार्टीको तर्फबाट आचारसंहितामा रहेका आफ्ना असहमति ६ बुँदामा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]