१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

निर्वाचन आचारसंहितामा एमालेको ६ बुँदे असहमति

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौँ ,२४ चैत्र । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले निर्वाचन आचारसंहितामा निर्वाचन आयोगले संविधान र कानुनसँग बाझिएका विषय राखेको भन्दै लिखित रूपमा असहमति राखेको छ ।

एमाले महासचिव शंकर पोखरेलले निर्वाचन आयोगले बैशाख ३० गते का लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहितामा संविधान र कानुनसँग बाझिए बाहेकका विषय मात्रै मान्ने भन्दै पत्र बुझाएका छन् ।

एमाले महासचिव पोखरेलले बिहीबार आयोगलाई बुझाएको पत्रमा भनिएको छ, ुएमाले नेपालको संविधान तथा संसदद्वारा पारित गरिएका कानुनहरूप्रति सदैव प्रतिबद्ध छ । यस आयोगले तयार पारेको आचारसंहितासहित संविधान र कानुनसँग बाझिएको बाहेक कुनै पनि निकायद्वारा जारी गरिएका वा जारी हुने संहिताहरूको पालन गर्नरगराउन समेत हाम्रो पार्टी प्रतिबद्ध छ ।ु

निर्वाचन आयोगले चैत ३ गते राजपत्रमा प्रकाशीत गरी सार्वजनिक गरेको आचारसंहिताका विभिन्न व्यवस्थामा एमालेले असहमति जनाएको छ । कतिपय व्यवस्था संविधान र कानुन विपरीत रहेकोमा एमालेले आपत्ति जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]