१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

धनुषामा हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२४ चैत्र । हत्या गरेको आरोपमा एकजनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। हंसपुर नगरपालिका ७ का १८ वर्षीय विजय महराको हत्या आरोपमा सोही वडा नौवाखोरका २० वर्षीय मनोज महरा पक्राउ परेका हुन् ।

मंगलबार राति विजयको शव गहुँ खेतबाट बरामद गरिएको थियो । उनको शरीरमा गोली लागेको र चक्कु प्रहार भएको देखेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो ।

शव भेटिएको ठाउँबाट प्रहरीले चस्मा र सर्ट बरामद गरेको छ । घटनामा संलग्न अन्य दुई जना फरार छन् ।

घटनामा सोही ठाउँका १९ वर्षीय पंकज मण्डल र २२ वर्षीय जितु मण्डलको पनि संलग्नता रहेको देखिएको प्रहरीको दाबी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]