२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मधेश सरकारको निर्णयविरुद्ध स्वास्थ्यकर्मीको नाराबाजी

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ चैत्र। मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेपछि स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा गाभेर सञ्चालनमा ल्याउने प्रदेश सरकारको निर्णयविरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

प्रतिष्ठानबाट अस्पताललाई अलग्गै राख्नुपर्ने माग गर्दै शुक्रबार स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थी प्रदेश सरकारविरुद्ध प्रदर्शन गरे। उनीहरूले जनकपुरधाममा नगर परिक्रमा गरी प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै अस्पताललाई प्रतिष्ठानबाट मुक्त नगरिएसम्म आन्दोलन सशक्त बनाउँदै लग्ने स्वास्थ्यकर्मीले चेतावनी दिए।

अस्पतालका प्रमुख प्रतिष्ठानका निर्देशक हुने प्रावधान छ तर प्रतिष्ठानका भीसी डा. रामकेवल साह नै प्रमुखको कुर्सीमा बस्दै आएको उनीहरूको आरोप छ।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीले मधेश प्रदेशसभा भवनअघि प्रदर्शन गर्दै सभामुख सरोजकुमार यादवलाई ज्ञापन बुझाएका हुन्।

अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने तयारी गरेपछि कर्मचारीले त्यसको विरोध गर्दै ज्ञापनपत्र बुझाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]