०७ फाल्गुण २०८२, शुक्रबार
20-02-2026 , Fri
×

मधेश सरकारको निर्णयविरुद्ध स्वास्थ्यकर्मीको नाराबाजी

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ चैत्र। मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेपछि स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा गाभेर सञ्चालनमा ल्याउने प्रदेश सरकारको निर्णयविरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

प्रतिष्ठानबाट अस्पताललाई अलग्गै राख्नुपर्ने माग गर्दै शुक्रबार स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थी प्रदेश सरकारविरुद्ध प्रदर्शन गरे। उनीहरूले जनकपुरधाममा नगर परिक्रमा गरी प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै अस्पताललाई प्रतिष्ठानबाट मुक्त नगरिएसम्म आन्दोलन सशक्त बनाउँदै लग्ने स्वास्थ्यकर्मीले चेतावनी दिए।

अस्पतालका प्रमुख प्रतिष्ठानका निर्देशक हुने प्रावधान छ तर प्रतिष्ठानका भीसी डा. रामकेवल साह नै प्रमुखको कुर्सीमा बस्दै आएको उनीहरूको आरोप छ।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीले मधेश प्रदेशसभा भवनअघि प्रदर्शन गर्दै सभामुख सरोजकुमार यादवलाई ज्ञापन बुझाएका हुन्।

अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने तयारी गरेपछि कर्मचारीले त्यसको विरोध गर्दै ज्ञापनपत्र बुझाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]