२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

जनमतको टिकट भ्रष्टाचार नगर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नेलाई

Logo
प्रकाशित सोमबार, बैशाख ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, ५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेद्वारहरुको टुंगो लगाउँदैछ । कुनै दलसँग चुनावी तालमेल नगर्ने निर्णयमा पुगेको जनमतले आफ्नो उम्मेद्वारहरुलाई टिकट वितरण गर्न लागेको हो ।

भ्रष्टाचार विरोधी आन्दोलन चलाएको जनमत पार्टीले उम्मेद्वारको मापदण्ड समेत तय गरेको छ । जसमा भ्रष्टाचारविरुद्ध शून्यसहनशीलता रहेको जनमतका नेता बीपी साहले बताएका छन् ।

पालिका तथा वार्डहरुका लागि टिकट पाउन जनमत पार्टीले भ्रष्टाचार नगनेृ प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नेलाई टिकट दिइने नेता साहले जानकारी दिएका हुन् ।

जनमत पार्टी मुख्यतः प्रदेश नं. १, मधेश प्रदेश, लुम्बिनी प्रदेशमा आफ्नो उम्मेद्वारी दिन लागेको हो । यस्तै अन्य प्रदेशहरुमा पनि जनमतका उम्मेद्वारहरु रहने साहले बताए ।

मुख्यतः जनमतको आधार क्षेत्र मधेश प्रदेश, प्रदेश नं. १ र लुम्बिनी प्रदेश रहेको बताउँदै नेता साहले यी तीनवटै प्रदेशमा बलियो उपस्थिति हुने दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]