०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

मधेश प्रदेशका ११० स्थानीय तहको उम्मेदवार जनमत पार्टीले टुंग्यायो

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ बैशाख ।डा. सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशका १ सय १० पालिकाका प्रमुख र उपप्रमुख टुंग्याएको छ । उम्मेदवारलाई जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालयमा सोमबार टिकट वितरणसमेत गरिएको छ ।

जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका सबै १ सय ३६ वटै पालिका, प्रदेश १ को मोरङ र सुनसरीका केही पालिका र लुम्बिनी प्रदेशका केही पालिकामा उम्मेदवारी दिँदैछ । मधेस प्रदेशका एक महानगर वीरगन्ज, तीन उपमहानगर जनकपुर, कलैया र सिमरा–जितपुरको प्रमुख र उपप्रमुख टुंग्याउन बाँकी रहेकाले उनीहरुलाई पछि टिकट वितरण गरिने पार्टीका नेता बीपी साहले बताए । ‘सोमबार मधेस प्रदेशका १ सय १० पालिकाको प्रमुख र उपप्रमुखलाई टिकट नै वितरण गरिसकिएको छ, ’ साहले भने, ‘टिकट दिएसँगै उहाँहरुलाई आ–आफ्नो पालिकामा गएर चुनावी प्रचारप्रसार र गतिविधि बढाउन भनिएको छ ।’

जनमत पार्टीले आफ्ना उम्मेदवार चयनका लागि ९ वटा मापदण्ड तोकेको थियो । नेता साहका अनुसार त्यही मापदण्डमा टेकेर उम्मेदवारको छनोट गरिएको छ । स्थानीय तहमा बसेर जनसमर्थन पाएको, पार्टीमा योगदान गरेको व्यक्ति, भ्रष्टाचारलगायतका मुद्दामा विवादमा नतानिएको, संगठन विस्तार र आन्दोलनमा सक्रिय सहभागिता जनाएकालाई जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पालिकाको मेयर र उपमेयरको उम्मेदवार बनाएको छ ।

‘पार्टीमा धेरै अघिदेखि लागेका व्यक्तिहरुलाई टिकट बाँडिएको छ,’ जनमत पार्टीका अध्यक्ष राउतले भने, ‘पार्टीमा लागेको योगदानलाई ध्यानमा राखेर टिकट बाँडिएको हो । ठेकेदार र अन्य दलबाट टिकट लिन मात्रै हाम्रो पार्टीतिर आउनेलाई टिकट बाँडिएको छैन ।’

पार्टीले टिकट वितरण गरिएको उम्मेदवारलाई चुनावी खर्च आफैं बन्दोबस्त गर्न निर्देशनसमेत दिएको छ । जनमत पार्टीले वडाको भने वैशाख ७ र ८ गते उम्मेदवार टुंग्याउने र महानगरपालिका तथा उपमहानगरपालिकाको उम्मेदवार एक–दुई दिनमै तय गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]