
न्यूजमधेश डेस्क
सप्तरी,७ बैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका गाउँपालिकामा जनमत पार्टीले शुशिल कुमार मण्डललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सोही गाउँपालिकाका वडा नम्बर २ निवासी मण्डललाई गाउँपालिका अध्यक्ष पदकालागि उम्मेदवार बनाइएको पार्टीले जनाएको छ ।
पार्टीको सचिवालयका अनुसार गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारीकालागी संगिता कुमारी खङ्गको नाम चयन भएको छ ।
यसैगरी अग्निसाईर कृष्णासवरण गाउँपालिकाको अध्यक्षमा ललित यादव, कन्चनरूप नगरपालिकाको प्रमुखमा ईन्द्रदेव कौडगिया, उपप्रमुखमा सम्झाना राना, खडक नगरपालिकाको प्रमुखमा सुरत लाल साह, उपप्रमुखमा पिंकी भगत, डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा सुरेन्द्र कान्त मण्डल, उपप्रमुखमा संतोषी साह, तिरहुत गाउँपालिकाको अध्यक्षमा बिष्णु प्रसाद यादव र उपाध्यक्षमा बसिरन खातुनलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।
त्यसैगरी बलानबिहुल गाउँपालिकाको अध्यक्षमा खेमचन्द्र यादव, उपाध्यक्षमा रेणु यादव, बिष्णुपुर गाउँपालिकाको उपाध्यक्षमा अनिता कुमारी खंङ्ग, राजगढ गाउँपालिकाको अध्यक्षमा अशोक साह, छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा भुवनेश्वर मण्डल (बेलचन), उपाध्यक्षमा सावित्रि देवी राय, रूपनी गाउँपालिकाको अध्यक्षमा जय प्रकाश साह, उपाध्यक्षमा प्रमिला राजवंशी यादव, शम्भुनाथ नगरपालिकाको प्रमुखमा संजिव कुमार साह, उपप्रमुखमा सोमिन देवी साह, सप्तकोशी नगरपालिका प्रमुखमा प्रियंका सन्त, सुरूङ्गा नगरपालिकाको प्रमुखमा संजय कुमार साह, हनुमाननगर कंकालिनी नगरपालिकाको उपप्रमुखमा शुशिला यादवलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टीले जनाएको छ ।