०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

जनमत पार्टीबाट जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदमा नबिन पण्डित भिड्ने

Logo
प्रकाशित बिहिबार, बैशाख ०८, २०७९

न्यूजमधेश डेस्क
खजुरी,८ बैशाख ।धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदमा नवीन पण्डितलाई जनमत पार्टीले चुनाव लडाउने निर्णय गरेको छ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकनन्दिनी गाउँपालिकामा जनमत पार्टी धनुषाको जिल्ला सहसचिव समेत रहेका पण्डितलाई टिकट दिएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले जनाएको छ।

त्यसैगरी उपाध्यक्षमा सुनिता कुमारी यादवलाई चुनाव लडाउने निर्णय गरेका हुन।

जनमत पार्टी जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिनेश साहका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा संजिव कुमार यादव,२ मा धिरज कुमार मण्डल ,३ मा बिजय कुमार मुखिया ,४ मा अभिनाश कुमार ,५ मा राजकिशोर मण्डललाई वडा अध्यक्षको टिकट दिएको निर्णय गरेको छ।

यता , वडा नम्बर ६ मा अहिलेसम्म फिक्स नभएको जानकारी दिएको हो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]