२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

सवैलाको चुनावी तालमेल

Logo
प्रकाशित सोमबार, बैशाख १२, २०७९

जीतेन्द्र कुमार राम

जनकपुरधाम,१२ बैसाख।
आसन्न निर्वाचन बैसाख ३० लाई लिएर माहौल तातिएको छ।कहि चर्चा परिचर्चा त कहि टिकट बाडफाडमा प्रतिनिधि ब्यस्त देखिएको छ।पार्टी कार्यालय धाउन प्रतिनिधि पनि पछि परेका छैनन ।गत स्थानिय चुनाव आम्दानिको मुख्य श्रोतकै रुपमा देखिएकोले यतिबेला दुइचारको बिचमा गफ दिने कार्यकर्तासहित संघिय प्रतिनिधि पनि पार्टी कार्यालयमा लाखौको रकम लेनदेन गरि तालमेल गर्नमा लिन छन।

कुरा गरौ सबैला नगरपालिकाको।सवैला नगरपालिकामा दुई शिर्ष दल नेपाली कांग्रेस र जनता समाजबादी पार्टी आपसी गठबन्धनबाट निर्वाचनमा भाग लिने भएका छन।जसमध्ये नेपाली कांग्रेसले नगरप्रमुख सहित वडा नं.१,२,३,७,८,९,१० र १२,१३ मा सम्पुर्ण प्यानल तथा जसपाले उप मेयर सहित वडा नं.४,५,६ र ११ मा सम्पुर्ण प्यानल सहित चुनावमा सहभागी हुने जनाइएको छ।

गठबन्धनमा मुख्य रुपमा नेपालि कांग्रेसको तर्फबाट क्षेत्र नं १ को क्षेत्रीय सभापति जितनारायण यादव,महासमिती सदस्य मनहरी श्रेष्ठ तथा जसपाको तर्फबाट केन्द्रिय सदस्य दिपक कार्की ,केन्द्रिय सदस्य श्यामनारायण यादवले नेपाली कांग्रेसको केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानाको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन।

यसैगरी गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसको तर्फबाट जगत सुन्दर साह,उपमेयरमा श्यामनारायण यादवको उम्मेदवारी दर्ता भएको हो।त्यसैगरी एकल पार्टीबाट निर्वाचनमा होमिएका लोकतान्त्रिक समाजबादी पार्टीबाट रामचन्द्र जायसवाल उपमेयरमा नितु यादव पासमान ,जनमतबाट पत्रकार बिपि साह,एमालेबाट मेयर पदमा राजकिशोर यादब उपमेयरमा किरण कापर को उम्मेदवारी दर्ता भएको हो भने नेकपा माओवादीबाट पुर्व उधोग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको भाइ कारिराम यादबको सम्भावना उच्च रहेको भएपनी अहिले विभिन्न असन्तुष्टि रहेको भन्दै कसलाइ टिकट दिने भनी निर्णय भएको छैन।

त्यस्तै लोकतान्त्रिक समाजबादी पार्टीमा पहिलेदेखी नै चर्चामा रहेको नितु यादव पासमानलाइ नोमिनेशन नजिकिदा तेर्ह वटै वडाको खर्च बापत २३ लाख र ५ लाख चुनाव खर्च दिनुपर्ने भएको भन्दै नितु यादब पासमान पछाडि भएपछी पासमानका श्रीमान शंकर पासमानले नेपाल लोकतान्त्रिक पार्टी बाट मेयर पदको लागि टिकट लिएपनी पछि लोकतान्त्रिक समाजबादी पार्टीलाई उपमेयरको उम्मेदवार नभेट्दा नितु यादव पासमानलाइ नै टिकट दिइएको कारण शंकर पासमानले टिकट फिर्ता गरेका हुन ।

त्यस्तै नेकपा एमालेबाट टिकट पाएका जिल्ला धनुषा अध्यक्ष राजकिशोर यादव गत निर्वाचन २०७४ मा सवैला नगरपालिकाको मेयर पदमा भिडेपछि चौथो नम्बरमा परेको कारण यो निर्वाचनमा पनि उहालाइ अन्जान भनेर नचिनेको मान्छेलाई टिकट दिदा एमालेले नगरमा हार बेहोर्नुपरेको भनी नेकपा एमाले नगर कमिटी सवैलाले टायर बालेर नाराजुलुस सहित राजकिशोर यादव मुर्दाबाद,किरण कापर मुर्दाबादको नारा घन्काएका छन।

त्यसैगरि वडास्तरमा प्रतिनिधिले टिकट नपाउदा पार्टी समेत परित्याग गरेका छन।सवैला नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदका आकांक्षी ताहिर हुसैनले एमाले परित्याग गरि लोसपाबाट वडामा टिकट पाउने भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]