२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

स्थानीय तहको जनप्रतिनिधि बन्न १ लाख ४ हजारको आवेदन

Logo
प्रकाशित मंगलबार, बैशाख १३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१३ बैशाख । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गरेका छन्।

३५ हजार २२१ जना जनप्रतिनिधिको लागि एक लाख भन्दा धेरैकाे आवेदन परेको निर्वाचन आयोगले जनाएको छ। जनप्रतिनिधिमा मनोनयन दिएका मध्य २४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गराएका छन्।

देशभरका निर्वाचन कार्यालयबाट आइतबार र सोमबार गरेको मनोनयन दर्ताको संख्या सोमबार राति ११ बजेसम्मको संख्या आयोगले अद्यावधिक गरेको हो।मनोनयन दर्ताको समय सकिएपनि रुजु गर्ने काम भइरहेकाले उम्मेदवार संख्या अझै थपिने आयोगले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]