१८ बैशाख २०८२, शुक्रबार
02-05-2025 , Fri
×

जसपाको उम्मेदवार : एकै नगरपालिकामा पती प्रमुखमा, पत्नी उपप्रमुखमा

Logo
प्रकाशित बुधबार, बैशाख १४, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१४ बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत नेताहरुले आफ्ना नातागोतालाई टिकट दिएको समाचार आइरहँदा संखुवासभामा एकै घरबाट दुईजना प्रमुख र उपप्रमुखमा उठेका छन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको तर्फबाट संखुवासभाको खाँदबारी नगरपालिकाको प्रमुख र उप प्रमुख पदमा उम्मेदवारी दिएका छन्।

लामो समय शिक्षण पेशामा आवद्ध रहेर अवकाश पाएका सीताराम तिम्सिना र पत्नी मैयादेवी तिम्सिनाले नगरको प्रमुख र उपप्रमुखमा मनोनयन गराएका हुन्।

उनीहरुले यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि आवद्ध भएर सक्रिय राजनीति गरेका थिए।

उनीहरुको घर पहिले खाँदबारीकै ढुंगेधारा हो। अहिले उनीहरू खाँदबारी बजारकै घिमिरे गाउँ जाने टोलमा बस्छन्।

सीतारामलाई जनयुद्धका बेला संकटकालमा माओवादी आरोपमा नेपाली सेनाले यातना दिएको थियो।

खाँदबारीमा जसपाबाट सीतारामसँगै मुख्य दल र स्वतन्त्र गरी ९ जनाले प्रमुख पदका लागि उम्मेदवारी दिएका छन्।

मुख्य निर्वाचन अधिकृत शान्ति प्रसाद आचार्यका अनुसार खाँदबारी नगरपालिका प्रमुखमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका महेश थपलिया, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दिब्यराज बरालले मनोनयन गराएका छन्।

नगर प्रमुखमा नेकपा एमालेबाट जीतबहादुर घिमिरे र उपप्रमुखमा महेश्वरा श्रेष्ठले मनोनयन गराएका छन्।

राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, राष्ट्रिय जनमोर्चाका हेमकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ खनाल र स्वतन्त्रबाट प्रविन कार्की, सुदिप गुरुङ र खड्ग बहादुर दमाईले नगर प्रमुखमा उम्मेदवारी दिएका छन्।

उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिरादेवी श्रेष्ठ र जनता समाजवादी पार्टीबाट मैया तिम्सिनाले उम्मेदवारी दर्ता गराएका छन्।

परिवारवादकै प्रशंगमा काठमाडौंको प्रमुखमा कांग्रेस नेता प्रकाशमान सिंहले पत्नी सिर्जना सिंहलाई उठाएका छन्। अर्कातिर विराटनगरको उपप्रमुखमा जसपा अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई टिकट दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]