१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

Logo
प्रकाशित शुक्रबार, बैशाख १६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यलय जनकपुरधामका मालपोत अधिकृत सुनिल कुमार झाविरुद्ध मुद्दा दर्ता गरेको छ।

जग्गासम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा निमित्त कार्यलय प्रमुखसमेत रहेका मालपोत अधिकृत झालाई गत चैत २८ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएकाले विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार झा लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को घ बमोजिम ५ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग दाबी लिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]