१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

धनुषामा उपमेयरकी उम्मेदवार र उनका पति कुटिए

Logo
प्रकाशित शनिबार, बैशाख १७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ बैशाख ।धनुषामा जनमत पार्टीबाट उपमेयरका उम्मेदवार महिला र तिनका पतिमाथि कुटपिट भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिकामा उपमेयर पदकी उम्मेदवादर विनिता पाठक र उनका पति जितेन्द्र पाठकमाथि कुटपिट भएको हो ।

आफू र आफ्नी श्रीमती विनितालाई काँग्रेस कार्यकर्ताले हातपात गरेको जितेन्द्र पाठकले आरोप लगाएका छन् ।

स्थानीय काँग्रेस कार्यकर्ता विजय यादवले कुटपिट गरेको जितेन्द्रको आरोप छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीबाट उपमेयरकी उम्मेदवार पाठकको घर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. १० प्रस्टोकीमा पर्छ ।घटना शुक्रबार दिउँसोको हो ।

‘मेरो श्रीमान प्रचारप्रसाको लागि जाँदै हुनुहुन्थ्यो । घरबाट निस्केपछि केहि पर मेरो श्रीमानमाथि कुटपिट भइरहेको जानकारी पाएँ । म जाँदा उहाँको जगल्टा विजयले समातेर कुटपिट गरिरहेका थिए । छुट्टाउन गएपछि मलाई पनि उनले कुटपिट गरे ।’ उम्मेदवार नविताले सुनाइन् ।

उनले आफू जनमत पार्टीको उम्मेदवार भएकै कारण काँग्रेस कार्यकर्ताले निहु खोजेर कुटपिट गरेको भन्दै कारबाहीको माग गरिन् ।

उम्मेदवार भएकै कारण काँग्रेस कार्यकर्ताले निहु खोजेर कुटपिट गरेको स्थानीय जयकुमारले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]