०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

धनुषामा उपमेयरकी उम्मेदवार र उनका पति कुटिए

Logo
प्रकाशित शनिबार, बैशाख १७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ बैशाख ।धनुषामा जनमत पार्टीबाट उपमेयरका उम्मेदवार महिला र तिनका पतिमाथि कुटपिट भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिकामा उपमेयर पदकी उम्मेदवादर विनिता पाठक र उनका पति जितेन्द्र पाठकमाथि कुटपिट भएको हो ।

आफू र आफ्नी श्रीमती विनितालाई काँग्रेस कार्यकर्ताले हातपात गरेको जितेन्द्र पाठकले आरोप लगाएका छन् ।

स्थानीय काँग्रेस कार्यकर्ता विजय यादवले कुटपिट गरेको जितेन्द्रको आरोप छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीबाट उपमेयरकी उम्मेदवार पाठकको घर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. १० प्रस्टोकीमा पर्छ ।घटना शुक्रबार दिउँसोको हो ।

‘मेरो श्रीमान प्रचारप्रसाको लागि जाँदै हुनुहुन्थ्यो । घरबाट निस्केपछि केहि पर मेरो श्रीमानमाथि कुटपिट भइरहेको जानकारी पाएँ । म जाँदा उहाँको जगल्टा विजयले समातेर कुटपिट गरिरहेका थिए । छुट्टाउन गएपछि मलाई पनि उनले कुटपिट गरे ।’ उम्मेदवार नविताले सुनाइन् ।

उनले आफू जनमत पार्टीको उम्मेदवार भएकै कारण काँग्रेस कार्यकर्ताले निहु खोजेर कुटपिट गरेको भन्दै कारबाहीको माग गरिन् ।

उम्मेदवार भएकै कारण काँग्रेस कार्यकर्ताले निहु खोजेर कुटपिट गरेको स्थानीय जयकुमारले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]