२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

त्यागी बाबा जनमतबाट सिरहा मेयरको उम्मेदवार

Logo
प्रकाशित शनिबार, बैशाख १७, २०७९

न्यूजमधेश डेस्क
सिरहा,१७ बैशाख ।त्यागी बाबाको नामबाट परिचिती राजकुमार यादवलाई डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा मेयरका उम्मेदवार बनाएको छ।

३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि यादवले आफनो उम्मेदवारी दर्ता गराएका हुन ।

सिरहा नगरपालिकामा यादवले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन। अहिले उनी घरदैलो अभियानमा जुटेका छन ।

तत्कालीन स्वतन्त्र मधेश गठबन्धनको समयमा स्वराज एल्बमसमेत निकालेको थिए।अहिले करिब दुई दर्जनभन्दा बढी जनमत पार्टी र समाजमा सकारात्मक सन्देश जाने गित पनि उनले लेख्दै आइरहेको छ।उनी जनमत पार्टीको केन्द्रिय सदस्यसमेत रहेका छ्न।

अहिलेसम्म उनी अविवाहितनै हुनुहुन्छ ।बचपनदेखीनै समाज परिवर्तनको लागि समाजमा विभिन्न संघ संस्था खोलेर काम गर्दै आइरहेको हो।उनी सदेव जनताको हाथमा शासन व्यवस्था हुनुपर्छ भने उहाँको मान्यता छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]