२१ बैशाख २०८२, सोमबार
05-05-2025 , Mon
×

जनकनपुरधाम मेयर पदका उम्मेदवार अनिता साहले गरियो १५ बुँदे घोषणापत्र सार्वजनिक

Logo
प्रकाशित शनिबार, बैशाख १७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, १७ बैशाख । डा सीके राउत नेतृत्वका जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका लागि उम्मेदवारी दिएका अनिता साहले १५ बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।

शनिवार जनकपुरधामस्थित पार्टीको केन्द्रिय सचिवालयमा पत्रकार सम्मेलनको योजना गरी साहले आफू विजयी भएमा जनकपुरधामको विकासका लागि आफू प्रतिबद्ध रहने र घोषणापत्र अनुसार विकास गरेर देखाउन दावी गरेकी हुन ।

उनले घोषणा पत्रमा पहिलो बुँदामा जनकपुरधामको फोहर मैलाको व्यवस्थापन गर्ने, सार्वजनिक गुठी तथा मठमन्दिरको जग्गा÷सम्पति संरक्षण गर्ने, आन्तरिक राजस्व चुहावटको रोकथाम, आयको वृद्धि सुनिश्चित, आँगनमा नगरपाकिला मोवाइलबाट काम गर्ने गराउने बताउनुभएको छ।

त्यसगरी भ्रष्टाचार सफाई, घुस लिनेलाई कारवाही, जनकपुरवासीको स्वस्थ्य नगरको जिम्मेवारी, फ्री वाईफाई तथा सीसीटीवी जोनको स्थापना, घर घर रोजगारी, विदेशबाट फर्किदा स्वागतको तयारी, जल निकासको व्यवस्थापन र कृषि क्रान्ति लगायतको घोषणपत्रमा रहेको छ ।

उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर सन्तोष कुमार साह,गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीका अध्यक्ष शम्भु नाथ साह,महासचिव श्याम बाबू महतोलगाइतका पार्टीका नेताहरुको उपस्तिथिमा घोषणा पत्र सार्वजनिक गर्नुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]