१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

जनकनन्दिनी गाउँपालिकाको बागडोर सम्हाल्ने दौडमा २७ वर्षीय युवा नवीन पण्डित

Logo
प्रकाशित सोमबार, बैशाख १९, २०७९

मनोज मोरबैता
जनकपुरधाम, १९ बैशाख । २७ वर्षीय युवा, जो गाउँपालिकाको बागडोर सम्हाल्ने दौडमा छन् । विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा आरम्भ गरेका धनुषाको जनकनन्दिनी गाउँपालिका ४ खजुरी निवासी चुनावमा होमिएका छन् ।

तत्कालीन डा सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबाट २०७२ सालमा विद्यार्थी जिवनदेखीनै राजनिती थालेका हुन नवीन पण्डित ।जनकनन्दिनी गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन।

विद्यार्थीको हक अधिकारको लागि पटक पटक अवाज उठाउदै आइरहेका छ्न।२०७५ सालमा डा सीके राउतको नेतृत्वमा गठन भएका जनमत पार्टीको विद्यार्थी जनमत संघको केन्द्रिय सदस्य भएरसमेत काम गरेका हुन। विद्यार्थी जनमत संघमा देखाएको सक्रियताकै कारण उनी जनमत पार्टी धनुषाको जिल्ला सहसचिव भए।

विद्यार्थी राजनीतिकै क्रममा उनी विभिन्न संघ संस्थामा आवद्ध भएर सामाजिक क्रियाकलापमा पनि सक्रिय रहे । छोटो समयमै आफुलाई सबल र सक्षम विद्यार्थी नेताको रुपमा स्थापित भएका नवीन पण्डित समाजिक कार्यमा सक्रिय भुमिका निर्वाह गरि गाउँपालिकाबासीलाई सेवा गर्दै आइरहेको छ । पण्डित गाउँपालिकामा भएका अनियमितता तथा ढिलासुस्तीको बारेमा निरन्तर रुपमा खबरदारी पनि गर्दै आए ।

लामो समयदेखि राजनीति गरीरहेका नेताहरुकै हाली मुहाली भएको बेला नेपाली कांग्रेस, जसपा ,नेकपा माओवादी केन्द्र ,लोसपा लगायतका दलहरुको जनलहर भएको बेला २७ वर्षीय विद्यार्थी नेताले कसरी पालिका सम्हाल्न सक्ला र भन्ने प्रश्नले पण्डितले हप्तौसम्म सोच्न बाध्य बनायो ।

जनकनन्दिनी गाउँपालिकामा ६ वटा वडा मात्रै रहेको गाउँपालिकामा ५ वर्षसम्म कुनै परिवर्तन नदेखेपछि आफै परिवर्तनको शुरुवात गर्ने सोचले पालिकामै अधिकांश समय पण्डित बिताउन थाले ।

उनी किसान आन्दोलनको क्रममा पक्राउसमेत परेका थिए।जनमत पार्टीको नेतृत्वमा किसान आन्दोलनको क्रममा धनुषाको बिरेन्द्र बजारबाट पक्राउ परेका नवीन पण्डित १९ दिन प्रहरीको यातना खेपेका नेता हुन।उनलाई १९ दिन पछि जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गर्नुभयो।अहिले सम्म किसानको लागि कुनै पार्टीले अवाज उठाएको थिएन।किसानहरुको जायज माग लिएर जनमत पार्टीले आन्दोलन थालेको थिए।किसान आन्दोलन गरेपछि किसानहरुलाई नि::शुल्क बिजुलीको घोषणासमेत सरकारले गरेको छ।

जनकनन्दिनी गाउँपालिका कांग्रेसको गठ मानिएको पालिकामा जनमतको संगठन निर्माण गरि अहिले संगठन पनि मजबुत भैसकेको उनले बताए। छोटो समयमै पण्डितले वर्षाैदेखि बर्चस्व जमाएका दल एवम् व्यक्तिहरुलाई टक्कर दिने गरी संगठनलाई सशक्त बनाए ।

निर्वाचनलाई लक्षित गर्दै पण्डितले गरेको घरदैलोमा पनि बाक्लो उपस्थिती देखिएको हुँदा गाउँपालिकाबासीले पनि अब परिवर्तन गर्ने जिम्मेवारी युवालाई सुम्पिने संकेत देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]