२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

जनकनन्दिनी गाउँपालिकाको बागडोर सम्हाल्ने दौडमा २७ वर्षीय युवा नवीन पण्डित

Logo
प्रकाशित सोमबार, बैशाख १९, २०७९

मनोज मोरबैता
जनकपुरधाम, १९ बैशाख । २७ वर्षीय युवा, जो गाउँपालिकाको बागडोर सम्हाल्ने दौडमा छन् । विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा आरम्भ गरेका धनुषाको जनकनन्दिनी गाउँपालिका ४ खजुरी निवासी चुनावमा होमिएका छन् ।

तत्कालीन डा सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबाट २०७२ सालमा विद्यार्थी जिवनदेखीनै राजनिती थालेका हुन नवीन पण्डित ।जनकनन्दिनी गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन।

विद्यार्थीको हक अधिकारको लागि पटक पटक अवाज उठाउदै आइरहेका छ्न।२०७५ सालमा डा सीके राउतको नेतृत्वमा गठन भएका जनमत पार्टीको विद्यार्थी जनमत संघको केन्द्रिय सदस्य भएरसमेत काम गरेका हुन। विद्यार्थी जनमत संघमा देखाएको सक्रियताकै कारण उनी जनमत पार्टी धनुषाको जिल्ला सहसचिव भए।

विद्यार्थी राजनीतिकै क्रममा उनी विभिन्न संघ संस्थामा आवद्ध भएर सामाजिक क्रियाकलापमा पनि सक्रिय रहे । छोटो समयमै आफुलाई सबल र सक्षम विद्यार्थी नेताको रुपमा स्थापित भएका नवीन पण्डित समाजिक कार्यमा सक्रिय भुमिका निर्वाह गरि गाउँपालिकाबासीलाई सेवा गर्दै आइरहेको छ । पण्डित गाउँपालिकामा भएका अनियमितता तथा ढिलासुस्तीको बारेमा निरन्तर रुपमा खबरदारी पनि गर्दै आए ।

लामो समयदेखि राजनीति गरीरहेका नेताहरुकै हाली मुहाली भएको बेला नेपाली कांग्रेस, जसपा ,नेकपा माओवादी केन्द्र ,लोसपा लगायतका दलहरुको जनलहर भएको बेला २७ वर्षीय विद्यार्थी नेताले कसरी पालिका सम्हाल्न सक्ला र भन्ने प्रश्नले पण्डितले हप्तौसम्म सोच्न बाध्य बनायो ।

जनकनन्दिनी गाउँपालिकामा ६ वटा वडा मात्रै रहेको गाउँपालिकामा ५ वर्षसम्म कुनै परिवर्तन नदेखेपछि आफै परिवर्तनको शुरुवात गर्ने सोचले पालिकामै अधिकांश समय पण्डित बिताउन थाले ।

उनी किसान आन्दोलनको क्रममा पक्राउसमेत परेका थिए।जनमत पार्टीको नेतृत्वमा किसान आन्दोलनको क्रममा धनुषाको बिरेन्द्र बजारबाट पक्राउ परेका नवीन पण्डित १९ दिन प्रहरीको यातना खेपेका नेता हुन।उनलाई १९ दिन पछि जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गर्नुभयो।अहिले सम्म किसानको लागि कुनै पार्टीले अवाज उठाएको थिएन।किसानहरुको जायज माग लिएर जनमत पार्टीले आन्दोलन थालेको थिए।किसान आन्दोलन गरेपछि किसानहरुलाई नि::शुल्क बिजुलीको घोषणासमेत सरकारले गरेको छ।

जनकनन्दिनी गाउँपालिका कांग्रेसको गठ मानिएको पालिकामा जनमतको संगठन निर्माण गरि अहिले संगठन पनि मजबुत भैसकेको उनले बताए। छोटो समयमै पण्डितले वर्षाैदेखि बर्चस्व जमाएका दल एवम् व्यक्तिहरुलाई टक्कर दिने गरी संगठनलाई सशक्त बनाए ।

निर्वाचनलाई लक्षित गर्दै पण्डितले गरेको घरदैलोमा पनि बाक्लो उपस्थिती देखिएको हुँदा गाउँपालिकाबासीले पनि अब परिवर्तन गर्ने जिम्मेवारी युवालाई सुम्पिने संकेत देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]