११ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

धनुषामा करेन्ट लागेर बुवा र छोराको संगै मृत्यु

Logo
प्रकाशित शुक्रबार, साउन १०, २०७६

जनकपुरधाम।धनुषाको पुर्वी क्षेत्रमा रहेको कमला नगरपालिका वाड नं.१ मंगराहामा बुवा र छोराको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ।

स्थानीय ४५ वर्षीय जोगेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धर्मेन्द्र मण्डल खेतमा काम गर्न गएका बेला करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ ।

करेन्ट लागेर घाइते भएको अवस्थामा उपचारका लागि यदुकुहा हेल्थ केयरमा लगेपनि त्यहाँ उपचार संभव नभएपछि उनिहरुलाई थप उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरमा लग्दा मृत्यु भएको स्थानीय संतोष शर्माले बताएको छ।

बुवा र छोराको जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यलय धनुषाले  जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]