२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

सबैलामा नेकपा एसका मेयर उम्मेदबार गुप्तानै एमालेमा प्रवेश

Logo
प्रकाशित बुधबार, बैशाख २१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ बैशाख । नेकपा एकीकृत समाजवादीबाट धनुषाको सबैला नगरपालिका प्रमुखमा मनोनयन दर्ता गराएका उम्मेदबारले नेकपा एमालेका उम्मेदबारलाई समर्थन गरेका छन् ।

नेकपा एसबाट उम्मेदबारी दर्ता गराएका राजु गुप्ताले एमाले उम्मेदबार राजकिशोर यादवलाई समर्थन गरेका हुन् ।

उनले सबै नेता-कार्यकर्ताको आग्रहमा आफूले राजकिशोरजीलाई समर्थन गरेको बताए ।

एमालेमा फर्किएका उनलाई एमाले नेता रामचन्द्र मण्डलसहितकाले स्वागत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]