१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

कमलामा घरदैलो थाले एमालेका मेयर पदका उम्मेदवार दिपेन्द्र यादव

Logo
प्रकाशित शुक्रबार, बैशाख २३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२३ बैशाख । कमला नगरपालिकामा नेकपा ( एमाले)का मेयर पदको उम्मेदवार दीपेन्द्र कुमार यादवले बिहिवार हरिनेमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कमला नगरपालिकामा नेकपा ( एमाले)का उम्मेदवार यादवले आफ्नो तर्फ मतदान गर्न मतदातालाई रिझाउन थालेका हुन।

घरदैलोको क्रममा कमला नगरपालिका ८ मा मेयर पदका उम्मेदवार दिपेन्द्र कुमात यादवले सुखी नेपाली, समृद्ध नेपालको नारालाई पुरा गर्न आफू नेतृत्वको टोली सक्षम रहेको बताए ।

घरदैलो कार्यक्रममा मेयर पदका उम्मेदवार दिपेन्द्र कुमार यादव ,उपमेयर ,वडाध्यक्ष ,वडासदस्यलगाइत नेता कार्यकर्ताहरु मतदाताको घर घर पुगेर मत मागिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]