०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

उम्मेदबार छोरा कमजोर देखिएपछि उपेन्द्रलाई चिन्ताको भारी

Logo
प्रकाशित शुक्रबार, बैशाख २३, २०७९

न्यूजमधेश डेस्क
विराटनगर ,२३ बैशाख। सत्तारुढ गठबन्धनले तय गरेका उम्मेदबारहरु संकटको अवस्थामा पुगेका छन् । नेताहरुले आफ्नै रगतका साइनोलाई उम्मेदबार बनाएपछि मतदाताले उनीहरुलाई मत नदिने मनसायमा पुगेका छन् ।

पछिल्लो पटक गठबन्धनले बनाएका उम्मेदबारहरु नेताकै रगतको साइनोका छन् । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै छोरीलाई मेयरको र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिकामा आफ्नै छोरालाई उप मेयरको उम्मेदबार बनाएका छन् ।

भरतपुरमा दाहालले आफ्नै छोरी रेणुलाई उम्मेदबारबनाएपछि गठबन्धन अन्तर्गतका कांग्रेसका नेताहरु असन्तुष्ट भई आफ्नै उम्मेदबार बनाएका छन् ।

विराटनगरमा पनि यस्तै अवस्था छ । यहाँ जसपाका सकृय नेता उमश यादवलाई टिकट नदिइएपछि उनी स्वतन्त्र उम्मेदबार बनेका छन् । र, उनले लालटिन चुनाव चिन्ह पाएका छन् । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि उपमेयरमा स्वतन्त्र उम्मेदबार बनेकी नमिता न्यौपानेले पनि सोही चुनाव चिन्ह पाएकी छन् ।

उमेर र नमिताले एकै चुनावचिन्ह पाएपछि निर्वाचन एकैसाथ लड्न दुबै जना तयार भएका छन् । उमेशले जसपाको र नमिताले माओवादीको भोट तान्नेछन् । यस्तो अवस्थामा गठबन्धनका उम्मेदबार कमजोर बन्ने आँकलन गर्न सकिन्छ ।

यसका साथै आम मतदाता पनि अध्यक्ष उपेन्द्रका छोरा अमरेन्द्रलाई भोट दिन इच्छुक देखिएका छैनन् । त्यसैले अहिले आफ्नो छोरालाई जिताउनैपर्नेमा बल लगाइरहेका उपेन्द्र यादवलाई चिन्ताको भारी बोक्नुपरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]