१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

जनताको बीचमा रहने दीपेन्द्र कमलाका लोकप्रिय मेयरका उम्मेदबार

Logo
प्रकाशित शनिबार, बैशाख २४, २०७९

न्यूजमधेश डेस्क
ज्नकपुरधाम,२४ बैशाख । चुनाव नजिकिएपछि उम्मेदबार बन्न चाहनेहरु जनता माझ दौडधूप गर्न थाल्छन् ।

कोहि सडक बनाइदिने, त कोहि जागिर लगाइदिने, त कोहि बिभिन्न किसिमको विश्वास जनतालाई दिलाउन थाल्छन् । तर, सधैं जनताको बीचमा रहिरने पात्र पनि केहि छन् ।

जनप्रतिनिधी नहुँदा पनि सधैं जनताकै बीचमा रहने दीपेन्द्र यादव यस पटक जनप्रतिनिधी बन्ने दौडमा सहभागी भएका छन् ।

यादव धनुषाको कमला नगरपालिकाको मेयर पदमा उम्मेदबारी दिएका छन् । ‘सधैं जनताको बीचमै रहेको छु । हरेकको सुखदुःखमा प्रत्यक्ष रुपमा सहभागी भएको छु’ उनी भन्छन्, ‘त्यहीं भएर जनताले विकास गर्ने ठाउँमा पुगाउँछन् ।’

यादव नेकपा एमालेबाट मेयर पदमा उम्मेदबारी दिएका छन् । जनता आफ्नो पक्षमा रहेको भन्दै उनी यस पटक कमलाको विकास गर्नका निम्ति आफूलाई नै अघि सार्ने बताउँछन् ।

‘यहाँको स्वास्थ्य, शिक्षा अत्यन्तै कमजोर छ । सडकहरुको बेहाल छ । बर्षाको समयमा जनतालाई बाढीमै दिन काटनुपर्ने बाध्यता छ’ उनी भन्छन्, ‘विगतका जनप्रतिनिधीले यसतर्फ कुनै चासो नै दिएनन् । जनताले यी काम आफूबाट हुने विश्वास लिएका छन् ।’

आफू जितेमा यी समस्याको समाान गर्दै बेरोजगार युवालाई रोजगारीको अवसर खोजी गरिदिने, नगरभित्रका उद्योग, व्यवसायीलाई प्रोत्साहित गर्ने, एक घर एक रुखको अभियान शुरुवात गर्ने, प्रत्येक वडाका बजारको उचित व्यवस्थापन गर्ने उनको भनाई छ ।

सरकारी विद्यालयहरुको अवस्था लथालिंग रहेको भन्दै उनी हरेक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउने बताए । स्वास्थ्य केन्द्रलाई व्यवस्थि तगर्दै चिकित्सक र उपकरण थपेर जनतालाई यहीं स्वास्थ्य सेवा उपलब्ध गराउने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]