२१ बैशाख २०८२, सोमबार
05-05-2025 , Mon
×

जनताको बीचमा रहने दीपेन्द्र कमलाका लोकप्रिय मेयरका उम्मेदबार

Logo
प्रकाशित शनिबार, बैशाख २४, २०७९

न्यूजमधेश डेस्क
ज्नकपुरधाम,२४ बैशाख । चुनाव नजिकिएपछि उम्मेदबार बन्न चाहनेहरु जनता माझ दौडधूप गर्न थाल्छन् ।

कोहि सडक बनाइदिने, त कोहि जागिर लगाइदिने, त कोहि बिभिन्न किसिमको विश्वास जनतालाई दिलाउन थाल्छन् । तर, सधैं जनताको बीचमा रहिरने पात्र पनि केहि छन् ।

जनप्रतिनिधी नहुँदा पनि सधैं जनताकै बीचमा रहने दीपेन्द्र यादव यस पटक जनप्रतिनिधी बन्ने दौडमा सहभागी भएका छन् ।

यादव धनुषाको कमला नगरपालिकाको मेयर पदमा उम्मेदबारी दिएका छन् । ‘सधैं जनताको बीचमै रहेको छु । हरेकको सुखदुःखमा प्रत्यक्ष रुपमा सहभागी भएको छु’ उनी भन्छन्, ‘त्यहीं भएर जनताले विकास गर्ने ठाउँमा पुगाउँछन् ।’

यादव नेकपा एमालेबाट मेयर पदमा उम्मेदबारी दिएका छन् । जनता आफ्नो पक्षमा रहेको भन्दै उनी यस पटक कमलाको विकास गर्नका निम्ति आफूलाई नै अघि सार्ने बताउँछन् ।

‘यहाँको स्वास्थ्य, शिक्षा अत्यन्तै कमजोर छ । सडकहरुको बेहाल छ । बर्षाको समयमा जनतालाई बाढीमै दिन काटनुपर्ने बाध्यता छ’ उनी भन्छन्, ‘विगतका जनप्रतिनिधीले यसतर्फ कुनै चासो नै दिएनन् । जनताले यी काम आफूबाट हुने विश्वास लिएका छन् ।’

आफू जितेमा यी समस्याको समाान गर्दै बेरोजगार युवालाई रोजगारीको अवसर खोजी गरिदिने, नगरभित्रका उद्योग, व्यवसायीलाई प्रोत्साहित गर्ने, एक घर एक रुखको अभियान शुरुवात गर्ने, प्रत्येक वडाका बजारको उचित व्यवस्थापन गर्ने उनको भनाई छ ।

सरकारी विद्यालयहरुको अवस्था लथालिंग रहेको भन्दै उनी हरेक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउने बताए । स्वास्थ्य केन्द्रलाई व्यवस्थि तगर्दै चिकित्सक र उपकरण थपेर जनतालाई यहीं स्वास्थ्य सेवा उपलब्ध गराउने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]