०६ कार्तिक २०८२, बिहिबार
23-10-2025 , Thu
×

गठबन्धनको खिलाफमा लागे सह्य हुन्न : देउवा

Logo
प्रकाशित शनिबार, बैशाख २४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, २४ वैशाख।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको विरुद्धमा नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा उनले गठबन्धनको खिलापमा लागे सह्य नहुने चेतावनी दिए ।

उनले भने, ‘कुनै पनि हालतमा गठबन्धनको खिलाफमा लाग्नुहुन्न, त्यो सह्य हुँदैन ।’

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।

कांग्रेसका सभापतिसमेत रहेका देउवाले गठबन्धनको पक्षमा माहोल बनेको भन्दै पार्टीका कार्यकर्तालाई प्रतिवद्धताका साथ लाग्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]