१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

औरहीमा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९

न्यूजमधेश डेस्क
जनकपुर ,२६ बैशाख । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले धनुषाको औरही गाउँपालिकामा चुनावी गठबन्धन गरेको छ ।

आसन्न निर्वाचनमा माओवादीले गाउँपालिका अध्यक्ष र एकीकृत समाजवादीले उपाध्यक्ष लिएर चुनावी गठबन्धन गरेको जनाएको छ । माओवादीका धनुषा अध्यक्ष दीपककुमार यादव र एकीकृत समाजवादीका अध्यक्ष रामचन्द्र पण्डितले गठबन्धन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

दुवै दलबीच औरही गाउँपालिकाको अध्यक्षसहित वडा नं. १, ३, ५ र ६ नम्बर वडाको वडाध्यक्ष माओवादीले र उपाध्यक्षसहित वडा नं २ र ४ को वडाध्यक्ष एकीकृत समाजवादीले लिएर गठबन्धन गर्ने सहमति गरिएको जनाइएको छ ।

सहमतिसँगै दुवै दलले संयुक्तरुपमा चुनावी प्रचार–प्रसार सुरु गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]