२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

धनुषामा आफैँ मतपत्रमा छाप लगाउँदै गर्दा समातिए मतदान अधिकृत

Logo
प्रकाशित शुक्रबार, बैशाख ३०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० बैशाख ।धनुषाको मिथिला नगरपालिका ९ सार्वजनिक मावि मतदान केन्द्रका मतदान अधिकृत आफैं मतपत्रमा छाप हानिरहेको अवस्थामा पक्राउ परेका छन्।

मतदान अधिकृत किरण सिंह आफैंले मतपत्रमा छाप हानिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्।

दुईवटा मत छापिरहेको अवस्थामा पोल एजेन्टहरूले देखेपछि केही बेर मतदान स्थगित भएको थियो।

उनले अब यस्तो नगर्ने प्रतिबद्धता गरेर माफी मागेपछि मतदान सुरु भएको हाे।

५ मिनेट भित्रमै उनले २ वटा मतपत्रमा रुख छापमा मोहोर लगाएको स्थानीय पोल एजेन्टले बताएका छन्।

मतदान अधिकृत सिंह स्थानीयबासिन्दा हुन्। उनको घरपरिवार कांग्रेस पार्टी समर्थक छन्।

स्थानीय भएकै कारण माफी मागेपछि उनलाई सबैले माफ गरिदिएको स्थानीयले बताएका छन्।

यता मिथिला नगरपालिकाका निर्वाचन अधिकृत दीपक धितालले विवाद भए पनि मत छापेको विषयमा आफूलाई जानकारी नभएको बताए

अहिले विवाद मिलेर पुन: समान्य रुपमा मतदान भइरहेको उनले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]