११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

चुरे मधेश विकास मंचले चुरे विनाश हुने कार्य बन्द गर्नुपर्ने माग

Logo
प्रकाशित शनिबार, साउन ११, २०७६

सुरेन्द्र सिंह,जनकपुरधाम । चुरे मधेश विकास मंचद्वारा चुरे विनाश हुने कार्य बन्द गर्नुपर्ने जोरजार माग गरेको छ।

जथाभावी ढुंगा , गिटी र बालुवाको निकासीले चुरे क्षेत्रमा खतरा बढेको भन्दै यसको निकासीमा रोक लगाउनु पर्नेमा चुरे मधेश विकास मन्च केन्द्रिय कार्य समिति जनकपुरधामले शनिबार पत्रकार सम्मेलन गरेर ९ बुदे माग अगाडि सारेको छ।

मन्चले २०२२ सालको नापी अनुसार वनका जग्गा नापी गरि सीमांकन गरौ र अतिक्रमणमा परेका जग्गाहरुमा पुन्ह वृक्षारोपन गरि वन जङ्गलमा परिणत गर्नुपर्ने माग गरेका छ्न । त्यस्तै मानव बसति रहित चुरे घोषण गरि चुरे क्षेत्रमा रहेका मानव वस्तिलाई व्यवस्थित गरी जिवन स्तरमा वृद्घि हुने गरि जिविको पार्जनमा सेवा पुग्ने व्यवस्था गर्नुपर्ने , चुरे क्षेत्र र खोला नालाबाट अवैध तरिकाले ढुङ्गा, गिट्टी, बालुवाको निकासी र चुरे क्षेत्र भित्र सञ्चालनमा रहेका क्रसर बन्द गर्नुपर्ने , चुरे सुरक्षा बल गठन गर्नुपर्ने , विकाशका नाममा आवश्यकता भन्दा बढी र विकल्प हुदा हुदै वन विनाश र चुरे विनाश हुने कार्य बन्द गर्नुपर्ने मधेश विकास मन्चका महासचिव अमन यादवले बताए ।

त्यस्तै साना, ठूला नदी र खोला नालालाई संरक्षण गर्नु तथा तटबंध लगाउनुको साथै नदी र खोल्लामा ड्यान निमार्ण गरि सिचाईको प्रयोगमा ल्याउनु पर्ने , बाटो, खोला, नालाको दुवै तिर र सार्वजनिक जग्गामा वृक्षारोपन गरिने निति नियम निमार्ण गर्नुपर्ने , खुल्ला चरिचरण बन्द गरि व्यवस्थित चरि चरणको व्यवस्था मिलाउनु पर्ने र वाढी पिडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने जस्ता माग गरेको चुरे मधेश विकास मन्चका सचिव लक्ष्मी सिंह दुनवारले बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]