
न्यूजमधेश डेस्क
जनकपुरधाम,३१ बैशाख ।धनुषाको जनकनन्दिनी गाउँपालिकामा जनता समाजवादी पार्टीबाट अध्यक्ष पदका उम्मेदवार दिपिन देव यादव अग्रसरता देखाएको छ।
अहिलेसम्म १३ सय ६९ मतगणना गर्दा पहिलो स्थान जसपाका उम्मेदवार अध्यक्षमा दिपिन देव यादवले ५३६ मत आएको छ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवारलाई ३४३ ,नेकपा एसका उम्मेदवारलाई २९२,लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारलाई ९४ मत प्राप्त गरेको छ।
त्यस्तै ,नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई ४८ ,नेकपा एमालेका उम्मेदवारलाई ४१ र जनमतका उम्मेदवार १५ मत अध्यक्ष पदमा परेको छ।