१९ पुष २०८२, आइतबार
04-01-2026 , Sun
×

सिरहा नगरपालिका १० मा एमालेका दीपक मुखियाको प्यानलै विजयी

Logo
प्रकाशित आइतबार, जेठ ०१, २०७९

न्यूजमधेश डेस्क
सिरहा ,१ जेष्ठ । सिरहा नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा नेकपा एमालेका दीपक मुखियाको प्यानलै विजयी भएको छ ।

वडा अध्यक्षमा निर्वाचित मुखियाले ८ सय ५३ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनिकलाल कामतीले ३ सय ४८, जनता समाजवादी पार्टी नेपालका जुगल किशोर कामतीले ३ सय १ मत प्राप्त गरेका छन् ।

मुखिया स्थानीय तह निर्वाचन २०७४ मा जसपाका जुगल किशोर कामतीसँग १ सय ७१ मत अन्तरले पराजित भएका थिए । यस पटक मुखियाले ठूलो मत अन्तरले विजयी भएको छन् ।

वडा सदस्यहरुमा कृष्णदेवलाल कर्ण, नारायण मुखिया मलाह, गिरजा देवि पासमान र परमेश्वरीदेखी खत्वे निर्वाचन भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]