०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनमत पार्टी रुपन्देहीले संगठन विस्तारमा निरन्तरता दिदै

Logo
प्रकाशित शनिबार, साउन ११, २०७६

भैरहवा ।डा सीके राउत नेतृत्वका जनमत पार्टीले रुपन्देही जिल्लाको सांस्कृतिक नगरपालिका -१० मा शनिबार वडा स्तरीय समिति गठन गरेको छ।

पार्टीले रुपन्देहीका विभिन्न नगरपालिका तथा गाउपालिकाको वडाहरुमा संगठन निर्माण गरिरहेको
युवा नेता संजय मिश्रले जानकारी दिएको छ। त्यसैगरी शनिबार पिन्टु कहारको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति गठन गरेको छ।

त्यस्तै मर्चवार गाउँपालिका वडा नम्बर ३ मा पनि वडा समिति विस्तार गरिएको जनमत पार्टीका नेता संजय कुमार मिश्राले भने अब मधेशी जनताको हक अधिकारको लागि मात्र जनमत पार्टीले जनताको पक्षमा काम गर्ने दावी गरेका छ्न।

कार्यक्रम सुनिल यादवको नेतृत्वमा ४५ सदस्यीय वडा समिति गठन गरिएको मिश्राले बताए । कार्यक्रममा पार्टीका नेता युवा नेता रामकेश गुप्ता, सागर वर्मा, कृष्ण कोहार, राधेश्याम गुप्तालगाइतका नेताहरुको उपस्तिथि रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]