१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

मदिरा सेवन गरेका सशस्त्र प्रहरीका जवानको गाडीले ठक्कर दिदा धनुषामा एक बालक गम्भिर घाईते

Logo
प्रकाशित शनिबार, साउन ११, २०७६

गोविन्द ठाकुर, जनकपुरधाम। धनुषाको बिदेह नगरपालिकामा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदा एक बालक गम्भिर घाईते भएका छन । घाईते हुनेमा बिदेह नगरपालिका वडा नं. ६ एकराही बस्ने नन्दकिशोर मंडलका ११ वर्षीय छोरा प्रशान्त कुमार मंडल रहेको बताइएको छ ।


मदिरा सेवन गरि तिव्र गतिमा चलाउंदै गरेको ज ९ प २८७३ नंं. मोटरसाईकल अनियन्त्रित भई उक्त दुर्घटना भएको हो ।
सशस्त्र प्रहरी बल महिनाथपुरमा कार्यरत प्रहरी जवान रामकृष्ण तमाङले मदिरा सेवन गरि तिव्र गतिमा चलाउंदै गरेको मोटरसाइकल बिदेह नगरपालिकाको तिनकौरिया चौकमा बालकलाई शनिबार दिउंसो ४ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइते मंडलको जनकपुर अंचल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगर न्युरो हस्पिटल रेफर गरिएको जनकपुर अंचल अस्पतालले जनाएको छ ।
मदिरा सेवा गरि बालकलाई ठक्कर दिने प्रहरी जवान तमाङ समेत घाईते भएका छन । उनको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको छ ।
यता घटनाको विरोधमा स्थानीयहरुले प्रर्दशन समेत गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]