२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

मदिरा सेवन गरेका सशस्त्र प्रहरीका जवानको गाडीले ठक्कर दिदा धनुषामा एक बालक गम्भिर घाईते

Logo
प्रकाशित शनिबार, साउन ११, २०७६

गोविन्द ठाकुर, जनकपुरधाम। धनुषाको बिदेह नगरपालिकामा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदा एक बालक गम्भिर घाईते भएका छन । घाईते हुनेमा बिदेह नगरपालिका वडा नं. ६ एकराही बस्ने नन्दकिशोर मंडलका ११ वर्षीय छोरा प्रशान्त कुमार मंडल रहेको बताइएको छ ।


मदिरा सेवन गरि तिव्र गतिमा चलाउंदै गरेको ज ९ प २८७३ नंं. मोटरसाईकल अनियन्त्रित भई उक्त दुर्घटना भएको हो ।
सशस्त्र प्रहरी बल महिनाथपुरमा कार्यरत प्रहरी जवान रामकृष्ण तमाङले मदिरा सेवन गरि तिव्र गतिमा चलाउंदै गरेको मोटरसाइकल बिदेह नगरपालिकाको तिनकौरिया चौकमा बालकलाई शनिबार दिउंसो ४ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइते मंडलको जनकपुर अंचल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगर न्युरो हस्पिटल रेफर गरिएको जनकपुर अंचल अस्पतालले जनाएको छ ।
मदिरा सेवा गरि बालकलाई ठक्कर दिने प्रहरी जवान तमाङ समेत घाईते भएका छन । उनको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको छ ।
यता घटनाको विरोधमा स्थानीयहरुले प्रर्दशन समेत गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]