२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

सिरहाको लक्ष्मिपुर पत्तारीमा खसेको भन्दा बढी मत भेटिएपछि अवस्था तनाव

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

न्यूजमधेश डेस्क
सिरहा,३ जेष्ठ ।खसेकोभन्दा बढी मत भेटिएपछि सिरहाको लक्ष्मीपुरपत्तारी गाउँपालिकामा तनाव भएको छ। यस गाउँपलिकाको वडा नम्बर ४ मा कुल सदरमतभन्दा मत पेटिकामा ८२३ बढी मत भेटिएपछि नेपाली कांग्रेस इत्तरका उम्मेदवार र समर्थकहरु विरोधमा उत्रेका छन्।

यस गाउँपालिकाको निर्वाचन अधिकृत देवी सुवेदीकाअनुसार ३२१५ कुल मतदाता रहेको यस वडामा २३९२ मत खसेको थियो। तर मतगणना गर्दै जाँदा ३१६३ सदर मत र ५२ बदर मत भेटिएको सुवेदीले बताए। खसेको भन्दा बढी मत मतपेटिकामा भेटिएपछि अवस्था तनावग्रत बनेको उनले बताए। उनले भने, ‘केही मतदातालाई मत पत्र दोर्‍याएर दिइएको हो कि, दोहोरो दर्ता भएको हो छानविन हुँदै छ। राती निदाएको बेला मत पत्रको डब्बल इन्ट्री भएको हुनसक्छ, उनले भने।’

प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले भने, ‘सदर भन्दा बढी मत भेटिएको भन्ने कुरा आएको छ। छानविन गरेर दोषी देखिएकामाथि कारवाही हुन्छ। उनले भने,‘अहिले मतगणनास्थल लक्ष्मीपुरपत्तारीमा ढुंगामुढा भैरहेको छ। केही प्रहरीकर्मी घाइते भएका छन् उनले भने,‘हामी संयमित भएर घटना नियन्त्रणमा लिने प्रयास गर्दैछौं।’

यस गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा संघीय समाजवादी फोरमका रामबल्लब साह अध्यक्षमा निर्वाचित भएका थिए। यसपाली जनता समाजवादी पार्टीबाट केदारनाथ यादव र नेपाली कांग्रेसबाट चतुरानन्द ठाकुर यस गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन्। प्राप्त मतगणनाअनुसार ठाकुरले १०९८ र यादवले ३६५ मत प्राप्त गरेका छन्।

जसपाका नेता राजकुमार गुप्ताकाअनुसार यस गाउँपालिकाको प्रायःसबै वडामा मत कब्जा गरिएको छ। वडा नम्बर ४ मा असलियत छताछुल्ल भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]