१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

महोत्तरी : ‘एक मत’ले जित्ने ३ भाग्यमानि वडा अध्यक्ष

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

महेशकुमार दास
जलेश्वर, ३ जेष्ठ । भन्निछ, चुनावमा एक-एक मतको महत्व हुन्छ रे ! हो साच्चिकै यो त हुँदो रहेछ । एक मतको महत्व के छ ? भन्ने त्यहि एक मतको मतान्तरले हार्ने र जित्ने दुवैले नि यसपालि महोत्तरीमा थाहा पाइसकेका छन ।

वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचन पश्चात जारि मतगणनामा महोत्तरीमा यस्ता तिन जना भाग्यमानि उम्मेदवार रहेका छन जस्ले मात्र एक मतले विजयी भएर वडा अध्यक्ष वन्ने सौभाग्य प्राप्त गरेका छन ।

‘मतगणना भइ रहेका वेला न जित्नेलाई थाहा थियो कि म जित्दै छु न हार्नेलाई थाहा थियो म हार्दै छुँ । तर भयो त्यहि जे हुनु थियो ।’ वर्दिवासका स्थानिय गोपाल बरालले भने, ‘स्थानिय तहको निर्वाचनमा प्रतिस्र्पधा यतिसम्म हुँदो रहेछ बल्ल थाहा पाए, जाबो एक भोटले नै जित हार सुनिश्चित गरेको उदाहरण महोत्तरीमा हेर्न पाइयो ।’

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं. १ मा लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) नेपालका रंजित कुमार चौधरी मात्र एक मतले विजयी हुने भाग्यशालि वडा अध्यक्ष बनेका छन् ।

चौधरी ३६६ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्प्युनिष्ट पार्टी एमालेका मोहम्मद अनामुल राईनले ३६५ मत ल्याएर पनि हार व्यहोर्नु प¥यो ।

यस्तै एक भोटले विजयी जित्ने भाग्यमानि वडा अध्यक्ष वर्दिवास नगरपालिका वडा नं. ७ मा स्वतन्त्र उम्मेदावर जेब्रा छापबाट रामस्वगारथ यादव बनेका छन् ।

यादव ७२७ मत ल्याइ विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका सुरेन्द्र कुमार सिंह कोईरी ७२६ मत ल्याएर हार व्यहोर्नु परेको बर्दिवास निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वर्दिवास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीको पाईनलबाट उम्मेदवारी दिँदा कसैले पनि म जित्छु भनेर विश्वास व्यक्त नगरेको वडा नं. ७ का विजयी वडा अध्यक्ष यादवले बताए ।

‘कामको मूल्यांकन हुँदो रहेछ, त्यहि भएर एक भोटले भए पनि वडा ७ को जनताले मलाई जिताउनु भयो ।’ वर्दिवास वडा ७ का विजयी वडा अध्यक्ष यादवले भने ।

यस्तै महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ मा स्वतन्त्र उम्मेदवार जेव्रा छापबाट बिजय कुमार महतो पनि भाग्यमानि वडा अध्यक्ष बनेका छन् ।वडा अध्यक्ष महतो ५०८ मत ल्याएर विजयी भएको छ ।

निर्वाचन कार्यालय बर्दिवासका अनुसार महतोले आफना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत प्रसाद हमाललाई मात्र एक मतले पछि पार्दै जित हात पार्नु भएको छ । हमालले ५०७ प्राप्त गरेको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।

महतोले स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको प्यानलबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]