१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

मधेसमा मन्त्रीका छोरालाई हराएर जनमत पार्टीका माझी बने मेयर

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,४ बैशाख । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जनमत पार्टीले जितेको छ । यो पार्टीबाट मेयर पदका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् ।

माझीले जसपाका उम्मेदवार एवं निवर्तमान मेयर शैलेश साहलाई १६१ मत अन्तरले पराजित गरेका हुन् । माझी ६ हजार ४०७ मत ल्याएर निर्वाचित हुँदा साहले ६ हजार २४६ मत प्राप्त गरे ।

मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा साह २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी जसपामा थिए ।

हनुमानगर कंकालिनी जितसँगै जनमत पार्टीले आफ्नो जितको पहिलो खाता खोलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]