०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा ४० हजार बिरुवा लगाए

Logo
प्रकाशित आइतबार, साउन १२, २०७६

भैरहवा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा एक करोड वृक्षरोपण रोप्न अभियानलाई सार्थक बनाएर रुपन्देही ४० हजार विरुवा लगाइसकेको छ।

‘घर घर जाऔं, विरुवा लगाऔं, पर्यावरण बचाऔं’ भन्ने नाराका साथ साउन १ गते देखि रुपन्देहीमा थाल्नी गरेको अभियान अन्तर्गत हाल सम्म ४० हजार विरुवा रोपिएका जनमत पार्टी रुपन्देहीका युवा नेता संजय कुमार मिश्रले जानकारी दिएको छ । मधेशमा वन विनासका कारण वातावरणमा असर परेकोले त्यसलाई मध्यनजर गर्दै वातावरण संरक्षणका लागि वृक्षारोपण अभियानमा लागेको मिश्राले बताएका हुन।

जनमत पार्टीका केन्द्रिय सदस्य एवम् रुपन्देही जिल्लाको अध्यक्ष भोपेन्द्र यादवले जिल्ला सदस्य तथा युवा नेता रामकेश गुप्ताको नेतृत्वमा र नेता तथा कार्यकर्ताको सक्रियतामा रुपन्देहीका विभिन्न स्थानीय तह अन्तर्गतका वडाहरुमा वृक्षारोपण भइरहेको यादवले बताए ।

पार्टीले लुमि्बनी सांस्कृतिक नगरपालिका वडा नम्बर १, २, ३, ६, ९, १०, कोटहीमाई गाउँपालिका वडा नम्बर १, २, ३ मायादेवी गाउँपालिका–१, ३, ४, ५, गैडहवा गाउँपालिका १, २, ३, ४, ६, ७, सियारी गाउँपालिका–७ र क्षेत्र नम्बर १ गरी ४० हजार विरुवा रोपिसकेको बताएको छ।

उक्त अभियानलाई सफल बनाउन धर्मेन्द्र गुप्ता, कृष्ण कोहार, रबिन्द्र पाल, दिनेश कुर्मी, संजय मिश्रा, शिवानन्द कुर्मी, दिलिप कुर्मी, ओमप्रकाश यादव, सन्तोष यादव, रामकृपाल केवट, रामगनेश हरिजन, विरेन्द्र लोध, सुरेन्द्र यादव, इन्द्रकेश वि.क. को अगुवाईमा रुपन्देहीका विभिन्न स्थानीय तहमा वृक्षारोपण गरिएको जनमत पार्टी रुपन्देहीको अध्यक्ष भोपेन्द्र यादवले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]