२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

काठमाडौंमा बालेनको लौरोको चमत्कार !

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,७ जेष्ठ। काठमाडौं महानगरको मेयरमा लौरो चिह्नसहित निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार बालेन साहले चामत्कारिक मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् ।

पछिल्लो तथ्यांक अनुसार साहले ३४ हजार ९ सय ३५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । त्यसैगरी उनलाई १९ हजार ३ सय १५ मतसहित गठबन्धनका उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छिन् । भने नेकपा एमालेका उम्मेदवार केशव स्थापित १८ हजार ९ सय ७८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

शनिबार दिउँसोसम्म दोस्रोमा रहेका स्थापित सिंहले मतान्तर बढाएसँगै तेस्रोमा पुगेका हुन् ।

त्यसैगरी उपमेयरतर्फ भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् । हाल उनले ३४ हजार ३० मत प्राप्त गरेकी छिन् भने उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ११ हजार ८ सय ४२ मतले पछ्याइरहेका छन् । यता राप्रपाका उम्मेदवारले ६ हजार ६७ मत प्राप्त गरेका छन् ।

यद्यपी हाल राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]