२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

राज्यमन्त्री कुशवाहाद्वारा महोत्तरीका बाढी पीडितलाई राहत वितरण

Logo
प्रकाशित आइतबार, साउन १२, २०७६

जनकपुरधाम। प्रदेश सरकारले गरेको प्रतिबद्धता अनुसार बाढी प्रभावित क्षेत्रमा आईतवारबाट राहत वितरण कार्य शुरु गरेको छ । साउनको पहिलो सत्ता लगातार वर्षाको कारण आएको बाढीबाट सबभन्दा बढी महोत्तरी जिल्ला प्रभावित भएको थियो । मुख्यमन्त्री लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा गरेको प्रतिबद्धता अनुसार आईतवारबाट राहत वितरण कार्य शुरु भएको हो ।
महोत्तरीको मनरा नगरपालिकाको वडा नं. ६ र ७ अन्तर्गत सरपल्लोमा चारबढी बाढी प्रभावितलाई राहत वितरण गरिएको हो । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सुरोज सिंह कुशवाहाको विशेष उपस्थितिमा प्रदेश सरकारले आईतबारबाट राहत वितरण कार्य शुरु गरेका हुन । राज्यमन्त्री कुशवाहाले तत्काल बाढी प्रभावित व्यक्तिलाई २५ किलो चावल, ४ किलो दाल, एक थान कृपाल, एउटा मन्छरदानी लगायतका समाग्रीहरु वितरण गर्न लागेको बताएका छन् ।
मन्त्री कुशवाहाले मुख्यमन्त्री राउतले बाढी प्रभावित क्षेत्रमा अनुगमनको क्रममा गरेको प्रतिबद्धता अनुसार आईतवार मनरा गाउँपालिकाको दुईवटा वडामा राहत विरण कार्य शुरु गरेको बताएका छन् । उनले बाढीबाट सबभन्दा बढी प्रभावित महोत्तरी जिल्ला नै रहेको जिकिर गर्दै बाढी प्रभावित व्यक्तिलाई आजबाट राहत वितरण कार्य शुरु गरेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]