२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

गौरीगन्जमा अध्यक्ष र उपाध्यक्ष दुवै महिला

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९

न्यूजमधेश डेस्क
झापा ,८ जेष्ठ । झापाको गौरीगन्जमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी विजयी भइन् भने उपाध्यक्षमा एमालेकी पूजन न्यौपाने कुँवर विजयी भइन् ।

फूलवती ०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाका बाबुराजा श्रेष्ठसँग पराजित भएकी थिइन् । यसपटक श्रेष्ठ तेस्रो स्थानमा पुगे । फूलवतीले ५ हजार ६८९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार अग्रवालले ३ हजार ३३० मत पाए ।

उपाध्यक्ष एमालेकी पूजन न्यौपाने कुँवर विजयी भइन् । उनले ४ हजार ७५५ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मखना महतोले ३ हजार ७९५ मत पाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]