२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

भारतमा फेरि बढ्यो कोरोना संक्रमण, एकै दिन ४६ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१० जेष्ठ । भारतमा पछिल्लो २४ घन्टामा दुई हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ ।

योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ ।

यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो । मन्त्रालयका अनुसार कोभिडबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ । भारतमा पछिल्लो समय कोभिड संक्रमितको संख्या फेरि बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]