०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

फोहोर उठाउन मन्त्री झाँक्री आफै सडकमा

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१० जेष्ठ । काठमाडौंमा सडकमा थुप्रिएको फोहोर उठाउन शहरी विकासमन्त्री रामकुमारी झाँक्री आफै निस्किएका छन् ।

काठमाडौंमा सोमबार साँझबाट काठमाडौँ उपत्यकाको फोहोर उठाउन थालिएको हो । मन्त्री झाँक्रि सोमबार राती काठमाडौंको बालाजु, बानेश्वर, रातो पुललगायतका क्षेत्रमा पुगेकी हुन् ।

मन्त्री झाँक्रीले आफै काठमाडौँका विभिन्न क्षेत्रमा पुगेर फोहोर उठाउन आवश्यक निर्देशन पनि दिएकी छन् । त्यहाँका स्थानीयसँग पनि उनले फोहोर व्यवस्थित स्थानमा राख्न भनेकी थिइन् । त्यसपछि काठमाडौँका सबैजसो स्थानमाबाट फोहोर बोकेका गाडीहरू धमाधम बन्चरेडाँडातर्फ गएका थिए ।

गृह मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि, काठमाडौँ महानगरका प्रतिनिधिहरूको संयुक्त बैठकले फोहोर उठाउनेबारे सहमति गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]