०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सक्षम बनाइने

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,११ जेष्ठ । सरकारले सबै प्रवृत्तिका अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सक्षम बनाउने जनाएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी वर्षको नीति तथा कार्यक्रममा अपराधको बदलिँदो स्वरुपबाट सिर्जित सुरक्षा चुनौतीको सामना गर्दै आतङ्कवाद तथा सङ्गठित अपराध, वित्तीय अपराध, मिटरब्याजी, साइबर अपराध, लागुऔषधको अवैध ओसारपसार र कारोबारलगायत सबै प्रकारका अपराध नियन्त्रण्मा सुरक्षा निकायलाई सक्षम बनाइने उल्लेख छ ।

सदनमा आज उक्त नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत भएको थियो । यस्तै अन्य मुलुकसँग सुरक्षा जानकारी आदानप्रदान गर्ने संयन्त्रको उपयोग गरी अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय अपराध नियन्त्रण गर्ने योजना पनि सरकारले लिएको छ ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक मूल्यमान्यता खलल पार्ने क्रियाकलापको सूक्ष्म निगरानी गरी सबै प्रकारका अपराध र त्यसमा हुने लगानीलाई निरुत्साहित गरिने प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सरकारले गृह मन्त्रालयले संसद्मा पेश गरेको विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुङ्गोमा पु¥याउन पहल गर्ने तथा राष्ट्रिय परिचयपत्र वितरणलाई प्रभावकारी बनाउने नीति लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]