२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सक्षम बनाइने

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,११ जेष्ठ । सरकारले सबै प्रवृत्तिका अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सक्षम बनाउने जनाएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी वर्षको नीति तथा कार्यक्रममा अपराधको बदलिँदो स्वरुपबाट सिर्जित सुरक्षा चुनौतीको सामना गर्दै आतङ्कवाद तथा सङ्गठित अपराध, वित्तीय अपराध, मिटरब्याजी, साइबर अपराध, लागुऔषधको अवैध ओसारपसार र कारोबारलगायत सबै प्रकारका अपराध नियन्त्रण्मा सुरक्षा निकायलाई सक्षम बनाइने उल्लेख छ ।

सदनमा आज उक्त नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत भएको थियो । यस्तै अन्य मुलुकसँग सुरक्षा जानकारी आदानप्रदान गर्ने संयन्त्रको उपयोग गरी अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय अपराध नियन्त्रण गर्ने योजना पनि सरकारले लिएको छ ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक मूल्यमान्यता खलल पार्ने क्रियाकलापको सूक्ष्म निगरानी गरी सबै प्रकारका अपराध र त्यसमा हुने लगानीलाई निरुत्साहित गरिने प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सरकारले गृह मन्त्रालयले संसद्मा पेश गरेको विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुङ्गोमा पु¥याउन पहल गर्ने तथा राष्ट्रिय परिचयपत्र वितरणलाई प्रभावकारी बनाउने नीति लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]