०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,११ जेष्ठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन् । तर, केही हजार मत गन्न अझै बाँकी रहेकोले उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । उनी निर्वाचित भएको घोषणा आजै अबेर राती वा भोलि बिहानसम्म हुन सक्छ ।

काठमाडौं महानगरपालिकामा कूल १ लाख ९१ हजार १२५ मत खसेकोमा अहिलेसम्म १ लाख ७१ हजार ८०२ मतको गणना भइसकेको छ । अब १९ हजार ३२३ मत मात्र गन्न बाँकी छ । यतिबेला बालेनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंह श्रेष्ठसँग २० हजार ३७६ मतको अग्रता बनाएका छन् ।

गन्न बाँकी मतभन्दा बालेन शाहले निकटतम प्रतिस्पर्धीसँग बनाएको अग्रता बढी भइसकेकोले बालेन निर्वाचित भइसकेका हुन् । किनकि अब गन्न बाँकी भोट सबै सदर भएर सबै भोट जुनसुकै एउटै प्रतिस्पर्धीले पाएको अवस्थामा पनि उनले बालेनलाई भेट्टाउने सम्भावना समाप्त भइसकेको छ ।

अहिलेसम्मको गणनामा बालेनले ५५ हजार ७४७ मत पाएका छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सृजना सिंह श्रेष्ठले ३५ हजार ३७१ मत पाएकी छिन् । एमालेका केशव स्थापितले ३४ हजार ६२६ मत पाएका छन् । काठमाडौंको कोर एरियामा राम्रो मत पाएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि १० हजार ३२२ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]