१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,११ जेष्ठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन् । तर, केही हजार मत गन्न अझै बाँकी रहेकोले उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । उनी निर्वाचित भएको घोषणा आजै अबेर राती वा भोलि बिहानसम्म हुन सक्छ ।

काठमाडौं महानगरपालिकामा कूल १ लाख ९१ हजार १२५ मत खसेकोमा अहिलेसम्म १ लाख ७१ हजार ८०२ मतको गणना भइसकेको छ । अब १९ हजार ३२३ मत मात्र गन्न बाँकी छ । यतिबेला बालेनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंह श्रेष्ठसँग २० हजार ३७६ मतको अग्रता बनाएका छन् ।

गन्न बाँकी मतभन्दा बालेन शाहले निकटतम प्रतिस्पर्धीसँग बनाएको अग्रता बढी भइसकेकोले बालेन निर्वाचित भइसकेका हुन् । किनकि अब गन्न बाँकी भोट सबै सदर भएर सबै भोट जुनसुकै एउटै प्रतिस्पर्धीले पाएको अवस्थामा पनि उनले बालेनलाई भेट्टाउने सम्भावना समाप्त भइसकेको छ ।

अहिलेसम्मको गणनामा बालेनले ५५ हजार ७४७ मत पाएका छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सृजना सिंह श्रेष्ठले ३५ हजार ३७१ मत पाएकी छिन् । एमालेका केशव स्थापितले ३४ हजार ६२६ मत पाएका छन् । काठमाडौंको कोर एरियामा राम्रो मत पाएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि १० हजार ३२२ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]