१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सासुको मृत्युपछि टिकट पाएकी रीता बनिन् उपप्रमुख

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

न्यूजमधेश डेस्क
कपिलवस्तु,१२ जेष्ठ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन ।

नगर प्रमुखमा कांग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओंकारनाथ शुक्लले २ हजार ४७४ मत पाए ।

मुसलमान दोश्रो कार्यकालका लागि प्रमुख बनेका हुन् ।

त्यसै गरि उपप्रमुखमा कांग्रेसकी उम्मेदवार रीता कुमारी कुर्मी ११ हजार १६७ मतसहित विजय भइन् । उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७ हजार २ सय मत र लोसपाकी उम्मेदवार साबित्री देवी कुर्मीले २ हजार ५ सय ५ मत पाइन ।

उपप्रमुख जितेकी रीताले सासुको मृत्युपछि उपमेयरको टिकट पाएकी हुन् । उनकी सासु शुभावतीको उम्मेदवारी दर्ता गरेपछि निधन भएको थियो । त्यसपछि कांग्रेसले रीतालाई उम्मेदवार बनाएको हो ।

शुभावतीले २०७४ को चुनाव जितेकी थिइन् । उपप्रमुख उम्मेदवार शुभावतीको मृत्युका कारण महाराजगञ्जमा ३ जेठमा चुनाव भएको हो ।

११ वटा वडा रहेको महाराजगंजमा नेपाली कांग्रेसले नगर प्रमुख र उपप्रमुख सहित ८ वटा वडा जितेको छ ।

त्यसैगरि नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र जनता प्रगतिशील पार्टीले समान १/१ वटा वडा जितेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]