२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

पाँच हजार घुस सहित सिरहा मालपोत बाट एक नासु र लिखनदास अख्तियारको फन्दामा

Logo
प्रकाशित सोमबार, साउन १३, २०७६

मनोज बनैता,सिरहा। सिरहाको मालपोत कार्यालय बाट एक नायब सुब्बा र एक लेखनदास सहित दुईजना घुस लिदा लिदै पक्राउ परेका छन ।

बिशेष सूचनाको आधारमा बर्दीबास बाट खटिएका अख्तियारको टोलीले छ्ड्के जाँच गर्दा सिरहा मालपोत कार्यालय मा कार्यरत ४२ वर्षिय नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी ब्यवसाय गर्ने ५० वर्षिय राजवंसी चौधरी लाई रु. ५००० घुसको साथ रङ्गेहात पक्राउ गरेका छन ।

मोहीको लागत पट्टा बापत सेवाग्राहीबाट ५००० रकम मागेको खुलासा भएको छ । अख्तियारका प्रहरी निरीक्षक राजु भन्डारीको नेतृत्वमा आएको टोलीले मालपोतमा छापामारी गर्दा नासु ठाकुर र लेखनदास चौधरी लाई ५००० हजार घुस सहित पक्राउ गरेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]