२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

पाँच हजार घुस सहित सिरहा मालपोत बाट एक नासु र लिखनदास अख्तियारको फन्दामा

Logo
प्रकाशित सोमबार, साउन १३, २०७६

मनोज बनैता,सिरहा। सिरहाको मालपोत कार्यालय बाट एक नायब सुब्बा र एक लेखनदास सहित दुईजना घुस लिदा लिदै पक्राउ परेका छन ।

बिशेष सूचनाको आधारमा बर्दीबास बाट खटिएका अख्तियारको टोलीले छ्ड्के जाँच गर्दा सिरहा मालपोत कार्यालय मा कार्यरत ४२ वर्षिय नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी ब्यवसाय गर्ने ५० वर्षिय राजवंसी चौधरी लाई रु. ५००० घुसको साथ रङ्गेहात पक्राउ गरेका छन ।

मोहीको लागत पट्टा बापत सेवाग्राहीबाट ५००० रकम मागेको खुलासा भएको छ । अख्तियारका प्रहरी निरीक्षक राजु भन्डारीको नेतृत्वमा आएको टोलीले मालपोतमा छापामारी गर्दा नासु ठाकुर र लेखनदास चौधरी लाई ५००० हजार घुस सहित पक्राउ गरेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]