१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

‘बच्चन पाण्डे’को असफलतापछि अक्षयले घटाए पारिश्रमिक

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१२ जेष्ठ । अभिनेता अक्षय कुमार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा पर्छन्। उनी एक फिल्मबाट झण्डै सयदेखि ११० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन्। तर, अहिले भने उनले आफ्नो पारिश्रमिकको दर घटाएका छन् । उनले पारिश्रमिक घटाउने कारण हो—‘बच्चन पाण्डे’को असफलता।

यो फिल्म असफल भएपछि अभिनेताले आउदा प्रोजेक्टका लागि पारिश्रमिकमा केही कटौती गर्ने निर्णय लिएका छन् । यद्यपि, उनले सबै प्रोजेक्टका लागि भने पारिश्रमिक कटौती गरेका होइनन्। कम तथा मध्यम बजेटका फिल्मका लागि मात्र अक्षयले पारिश्रमिक घटाएका हुन्।

उनले ‘सेल्फी’ र ‘सुराराई पोत्र’ जस्ता रिमेक प्रोजेक्टका लागि सय करोडभन्दा कम पारिश्रमिक लिँदैछन्।

अक्षयको फिल्म ‘बच्चन पाण्डे’ झण्डै एक सय ८० करोडको लागतमा बनेको थियो। फिल्मको बजेट अक्षयकै पारिश्रमिकका कारण बढेको थियो। किनकी उनले एक्लै यो फिल्मबाट सय करोड बढी पारिश्रमिक लिएका थिए। फिल्म रिलिजपछि यसले बक्सअफिसमा केवल ५० करोडमात्र कलेक्सन गर्न सकेको थियो।

यो फिल्ममात्र नभई ‘बेलबटम’ को बजेट पनि अक्षयको महंगो पारिश्रमिकका कारण बढेको थियो। ‘बच्चन पाण्डे’ मार्च १८, २०२२ मा होलीको मौका पारी रिलिज भएको थियो। यो फिल्ममा अक्षयसँगै कृति सेनन, अरशद वारसी र ज्याकुलिन फर्नान्डिजजस्ता कलाकारको अभिनय थियो। फिल्मको निर्देशन फरहाद सामजीले गरेका थिए।

अक्षयका फिल्महरु ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘राम सेतु’ र ‘ओह माय गड २’ निर्माणसँगै प्रदर्शनको चरणमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]