०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

बालेन शाहलाई स्वागतका लागि गाउँँका स्थानीय आतुर

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

रन्जन भण्डारी
महोत्तरी ,१२ जेष्ठ ।महोत्तरीको एकडारा गाउँपालिकाका स्थानीय बालेन साहलाई स्वागत गर्न आतुर छन् । तत्कालीन एकडारा गाउँकै जमिनदार (महाजन) परिवारका कान्छो छोरा बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर बन्ने पक्का भएपछि महोत्तरीस्थित उनको पैतृक गाउँमा स्थानीयहरू खुसीले प्रफुल्ल छन् ।

बालेनलाई सघाउन र हौसला प्रदान गर्न उनलाई चिनेका बाल्यकालका साथीहरू मतगणना सुरु भएपश्चात् नै काठमाडौं पुगिसकेका छन् । पिता डा. रामनारायण साहका कान्छो छोरा बालेन्द्र बाल्यकालमा गाउँ आउने गरे पनि जनकपुर र काठमाडौंमा समेत घर भएकै कारण पैतृक गाउँ आउने क्रम पातलिँदै गएको थियो ।

बालेनको जन्म काठमाडौंमै भएको हो । डा. साहकी कान्छी श्रीमती ध्रुवदेवी साहको कोखबाट बालेन्द्र साह जन्मिएका हुन् । जागिरको क्रममा आमाबुबा काठमाडौंमा हुँदा उनको जन्म भएको थियो ।

बालेन जन्मिएको करिब ६ महिनामै उनको परिवारले गाउँ छोडेको थियो । उनका पिताले एकडाराको २ नम्बर वडा कार्यालयलाई एक कट्ठा जमिन दान गरेर काठमाडौं फर्किएका थिए ।

हाल बालेनको पैतृक घर एकडारा गाउँपालिकाको कार्यालयलाई भाडामा दिइएको छ । सोही घरको दुईवटा कोठा पारिवारिक बसाइको लागि छुट्याएर राखिएको छ । बालेन वा उनका परिवारका सदस्य यहाँ आएको समयमा सोही कोठामा बस्ने गर्छन् ।

बालेन साहको गाउँको घर

बालेनका पिताका मित्रसमेत रहेका स्थानीय नरेश तिवारीले काठमाडौंमै सबैको जागिर भएकाले गाउँ आउजाउ निकै कम हुने गरे पनि बालेनका पिता डा. साह भने समय–समयमा गाउँ आउने गरेको बताए ।

बालेन केही समय पहिले बाबुसँग गाउँ आएका थिए । उनका पिताले गाउँमा रहेको केही जग्गा बेच्ने सोच बनाए थिए । तर, बालेनले नै गाउँमा रहेको सम्पत्ति बेच्नबाट बुबालाई रोकेको तिवारीले बताए । बालेनका पिताको सम्पत्ति करिब ७० देखि ८० बिघा रहेको तिवारीले जानकारी दिए ।

यता गाउँमै बालेनको पुर्ख्यौली महादेव मन्दिर पनि छ । मन्दिरका पुजारी रहेका रामचन्द्र तिवारीले मन्दिरको पूजापाठ नियमित होस् भनेर बालेनका पिताले १० कट्ठा जग्गा उपलब्ध गराएको बताए । सोही जग्गाबाट हुने आम्दानीले मन्दिरको पूजापाठ नियमित हुँदै आएको तिवारीले जानकारी दिए ।

यस्तो छ बालेनको परिवार

स्थानीयहरू बालेनको वंशबारे भन्छन्- मेथुर साह र धरकन साह दुई भाइ गाउँका जमिनदार रहेका थिए । दुवैलाई गाउँमा महाजन भनेर सम्बोधन गरिन्थ्यो । जेठो मेथुर साहलाई चार छोरा जन्मिए । डा. रामनारायण साह, इन्जिनियर सत्यनारायण साह, जितनारायण साह र इन्जिनियर लालबाबु साह ।

सोहीमध्ये जेठो डा. रामनारायण साहका दुई छोराहरू क्रमशः कौशलेन्द्र साह र बालेन्द्र साह (बालेन साह) हुन् । बालेन्द्र कान्छाे छाेरा हुन् । उनी विभिन्न बिदा, चाडपर्व मनाउन गाउँ आउने गर्छन् । आजभोलि उनी काठमाडौंमै बढी व्यस्त हुने भएकाले गाउँ आउने क्रम केही पातलो भएको आफन्तले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]