२२ बैशाख २०८२, मंगलबार
06-05-2025 , Tue
×

जनप्रतिनिधीलाई बधाई दिदैं डा. राउतले गरे बलान नदी कटान क्षेत्रको अनुगमन

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,१२ जेष्ठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले सप्तरीको बलान बिहुल गाउँपालिकाको विद्यालयदेखि कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

जनमत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई दिन पुगेका अध्यक्ष डा राउत गाउँपालिकाका वडा कार्यलय, विद्यालय, स्वास्थ्य चौकी र बलान नदिको कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उनले यी क्षेत्रको सम्भावित सुधार तथा विकासका सम्भावनाको बारेमा अध्ययन गर्दै गाउँपालिका अध्यक्षलाई सुझाव दिएका छन् ।

त्यसअघि बलान बिहुल गाउँपालिकाको कार्यलय पुगेर गाउँपालिका प्रमुख खेमचन्द्र यादव र उपप्रमुख रिना देवीसहितका जनप्रतिनिधिलाई डा. राउतले बधाई दिए ।

त्यस अवसरमा उनले स्थानीय जनताका गुनासो र अपेक्षाहरुलाई प्रभावकारी तरीकाले सम्बोधन गर्ने संयन्त्रको विषयमा छलफल समेत भएको बलाल बिहुल गाउँपालिका प्रमुख खेमचन्द्र यादवले बताए ।

अनुगमन टोलिमा जनमत पार्टीका कोषाध्यक्ष ई.सुरेन्द्र नारायण यादव, गाउँपालिका प्रमुख खेमचन्द्र यादव, उपाध्यक्ष रिना देवी यादव लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]