०९ भाद्र २०८२, मंगलबार
26-08-2025 , Tue
×

मधेश प्रदेश : हराएको मोटरसाइकल प्रहरीद्वारा फेला पारियो

Logo
प्रकाशित शनिबार, जेठ १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ जेष्ठ । धनुषा प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

शहिदनगर नगरपालिका ४ बस्ने अविशेक यादवको बा.७०.प.१८६० नम्वरको मोटरसाईकल जेठ १० गते जनकपुरधाम उपमहानगरपालिका १६ स्थित पुल चोकमा भाडाको घर बाहिर पार्किङ गरी राखेको अवस्थामा हराएको थियो ।

मोटरसाइकल हराएको सूचना पाएपछि वडा प्रहरी कार्यालय रेल्बेबाट खटिएको टोलीले जनकपुरधाम १६ स्थित गढिमाई मन्दिरबाट उक्त मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]